नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो महोत्सव

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो महोत्सव

धनगढी : विश्व नेपाली साहित्य महोत्सव विश्व नेपाली नारी साहित्य महोत्सवको प्रस्ताव गर्दै सम्पन्न भएको छ। सुदूरपश्चिम साहित्य समाजको आयोजनामा फागुन १४ देखि सुरु भएको महोत्सव मंगलबार समापन भएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महोत्सव समापन गरेका हुन्। नेता देउवाले नेपालभन्दा बाहिर बसेका व्यक्तिहरूले नेपाली भाषा राम्रो बोल्ने गरेको बताए। ‘भारतको आसाम, उत्तराखण्ड देहरादुनलगायत क्षेत्रमा नेपाली भाषा यहाँको भन्दा राम्रो बोल्छन्’, देउवाले भने, ‘हामी नेपाली बिर्सिंदै गएका छौं। धनीमानीले नेपाली भाषा बोल्न जान्दैनन्।’ नेपाली समाज विश्वभर फैलिएको स्मरण गराउँदै देउवाले आफ्नो भाषा छोडेका छैनन् भन्दै प्रशंसा गरे।

‘नेपाली भाषा कसैले पढ भने पनि मान्दैनन्। भाषा छोड्नु हुँदैन्’, उनले भने, ‘म भाषाको विज्ञ पनि होइन। नेपाल बहुसांस्कृतिक, बहुभाषिक देश हो। यस्तो विविधता भएको देशमा सबै एकजुट भएर बसेका छन्। यो नेपालीका लागि सकारात्मक कुरा हो।’

नेता देउवाले सुदूरपश्चिमको भाषा हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गरे। ‘अहिले पढेलेखेका मान्छेहरू अंग्रेजीमा छ्याङछुङ गर्छन्, आफ्नो भाषा बोल्दैनन्। अलिअलि बैतडीका दाजुभाइ बोल्छन्, बाँकी कोही पनि बोल्दैनन्। कम्तीमा पनि आफ्नो भाषामा कलम चलाउने गर्नु पर्‍यो’, उनले भने।

महोत्सवले नौ बुँदे घोषणापत्र जारी गरेको छ। सात दिनसम्म सञ्चालन भएको महोत्सवले सुदूरपश्चिमको भाषा र संस्कृतिलाई सम्बद्र्धन गर्न महत्‍वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। ‘महोत्सव अवधिभर ५२ वटा सत्र सम्पन्न भएका छन्’, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले भने, ‘यसलाई निरन्तरता दिन प्रदेश सरकार र स्थानीय सरकारले पहल गर्नुपर्छ।’

महोत्सवमा भाग लिन विश्वभर छरिएर रहेका तीन सयभन्दा बढी साहित्यकार धनगढीमा जम्मा भएका थिए। धनगढीमा पहिलो पटक भएको विश्व साहित्य महोत्सवले नेपाली भाषा प्रवर्द्धनमा महत्‍वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

महोत्सव समापन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वमन्त्री, सांसद, नेता तथा साहित्यकारको बाक्लो उपस्थिति थियो। भारतको दार्जिलिङ, सिलगुडी, आसाम, मेघालय, सिक्किम लगायतका ठाउँबाट साहित्यकार आएका थिए। महोत्सव समापन समारोहमा विभिन्न साहित्यिक व्यक्तित्वलाई सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.