मिस वर्ल्ड टोनी एन सिंह नेपाल भ्रमणमा

मिस वर्ल्ड टोनी एन सिंह नेपाल भ्रमणमा

काठमाडौं : मिस वर्ल्ड २०१९ की  टाइटल विजेता टोनी एन सिंह नेपाल आइपुगेकी छन्। बिहीबार बिहान सवा १० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोनीसँगै मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पसिन नेपाल भ्रमणमा आएका छन्। 

मिस नेपालको आयोजना हिडन टे«जर संस्थाले गर्दे आएको छ। यस वर्ष हिडन ट्रेजरले स्थापनाको २५ औं वार्षिक उत्सव मनाउदै छ। यो अवसरमा सहभागी हुनका लागि पनि मिस वर्ल्ड नेपाल आएकी हुन्। 

मिस वर्ल्ड र हिडन टे«जरको सहकार्य भएको २३ वर्ष पुगिसकेको छ। आयोजक संस्था र मिस वर्ल्ड पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। 

हिडन टे«जरका अध्यक्ष दिवाकर राजकर्णिकारका अनुसार उनीहरुको टोली तीन दिनसम्म नेपालमा बस्नेछ। काठमाडौंका वरपरका सांस्कृतिक सम्पदाको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

यसका साथै उनीहरु शुक्रबार  मिस नेपाल २०१८ श्रृङखला खतिवडाको जिल्ला मकवानपुरको पनि जानेछन्। त्यहा खतिवडाले शिक्षाको क्षेत्रमा सुरु गरेको परियोजनालाई अध्ययन अवलोकन गर्नेछन्। यसका साथै मिस नेपाल २०१९ की विजेता अनुस्का श्रेष्ठले स्वास्थ्यको क्षेत्रमा गरिरहेको काम हेर्नका लागि सिन्धुपाल्चोकको हेलम्वु पनि पुग्नेछिन्।

मिस वर्ल्ड टोनी पहिलो पटक नेपाल आउन पाउदा अत्यन्तै खुसी लागेको बताइन्। नेपाली युवतीसँग आफूले भेटिरहने बताउदै उनीहरुले गरेको सामाजिक काम हेर्नका लागि आफू उत्साहित भएको जानकारी दिइन्।

हिडन टे«जरका प्रतिनिधिसहित मिस नेपाल अनुस्का श्रेष्ठको टिम उनीहरुको स्वागतार्थ विमानस्थल पुगेको थियो। उनीहरु नक्सालमा रहेको होटल म्यारीयटमा बस्नेछन्।
 
मिस वर्ल्डको प्रतिस्प्रधामा गतवर्ष देखि नै ब्युटी विथ प्रपोजको उपाधि जित्न सफल भैरहेको छ। यसका साथै नेपाली युवतीले उत्कृष्ट प्रस्तुति दिइरहेका छन्। नेपालमा पनि मिस वर्ल्डको आयोजना गर्ने संभ्याव्यता बुझ्ने तथा यसका लागि राज्यको पूर्वाधार उपयुक्त छ छैन मिस वर्ल्ड आयोजक संस्थाले अध्ययन गर्नेछ। 

मिस वर्ल्डको पहिलो पटक नेपाल भ्रमण भएकाले पनि आगामी दिनको लागि आफूहरु अत्यन्तै उत्साहित भएको राजकर्णकारले बताए। यसका साथै नेपालको पर्यटन विकासमा उनीहरुको सहयोग हुनेमा आफूहरु आशावादी भएको जानकारी दिए। 

जमैकामा सन् १९९६ फे्रबुअरी १ मा जन्मिएकी टोनी ९ वर्षकी हुँदा उनका आमाबुबा अमेरिकाको फ्लोरिडामा बसाईं सरेका थिए। उनको बाल्यकाल र स्कुल कलेजको पढाई अमेरिकामै भएको हो। 

वुमेन स्टडी र साइकोलोजीमा फ्लोरिडा स्टेट युनिभर्सिटीमा मास्टर डिग्री गरेकी टोनी सामाजिक कार्यमा पनि आवद्ध छन्। उनी सन् २०१९ मै मिस वर्ल्डसंगै मिस जमैका वर्ल्ड २०१९ की विजेता पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.