जिल्ला स्वास्थ्य प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा

जिल्ला स्वास्थ्य प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौँ : जनस्वास्थ्य कार्यालय, धादिङका तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख डा. नरेश प्रताप केसीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा बरिष्ठ जनस्वास्थ्य (प्रशासक) जीवनकुमार मल्ल, पियन हरिबहादुर हमाललाई प्रतिवादी बनाएको छ । दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भ्रष्टाचारको कसुर गरेको ठहर्‍याएर पियन हमाल र लेखनदास श्रेष्ठ मध्ये कारवाही गर्नुपर्ने पियन हमाललाई चार महिनाको तलब खुवाइएको देखिएको छ ।

प्रमुख डा. केसीले कारवाही गर्नुपर्ने पियन हमाललाई २०६० साल मंसिरदेखि २०६० साल फागुनसम्मको १४ हजार ९०८ रुपैया भुक्तानी गरेको अख्तियारले जनाएको छ।

जनस्वास्थ्य कार्यालय धादिङका तत्कालीन बरिष्ठ जनस्वास्थ्य प्रशासक मल्लले भ्रष्टाचार कसुर गरेको ठहर भएको जानकारी गराइएको पत्र प्राप्त भएपछि पियन हमालले दिएको राजीनामा स्वीकृत गरी नियमानुसार कर कट्टी गरेर उपचार खर्चबापतको रकम, संचित घरबिदा तथा बिरामी बिदाबापतको रकम गरी ७ लाख ६४, हजार ६४३ भुक्तानी दिएका थिए भने मल्लले सिफारिस गरेको आधारमा निबृत्तभरणबापतको रकमसमेत गरी जम्मा १४ लाख ७०, हजार ३७९ रुपैयाँ हमाललाई भुक्तानी भएको देखिएको छ । उनीहरु तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजायको माग दाबी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.