सिमेन्टमा नयाँ ग्रेड

सिमेन्टमा नयाँ ग्रेड

काठमाडौं : ओपीसीको ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन हुने भएको छ। नयाँ ग्रेडमा सिमेन्ट उत्पादन भएसँगै आयात गर्नुपर्ने वाध्यता हटेको छ। यसअघि ३३ ग्रेडको मात्रै ओपीसी सिमेन्ट उत्पादन हुँदै आएकामा नयाँ ग्रेडमा सिमेन्ट उत्पादन गर्न सरकारले अनुमति दिएको छ।

३३ ग्रेडभन्दा माथिको सिमेन्टमा ग्रेड नतोकिँदा प्रयोगकर्तामा आशंका हुने गर्दथ्यो। ४३ र ५३ ग्रेड थपिएसँगै सिमेन्टको गुणस्तर छुट्टयाउन सघाउने नापतौल तथा गुणस्तर विभागले जनाएको छ। सिमेन्टमा गुणस्तर कम भएको भन्दै ठूला परियोजनामा आयातित सिमेन्ट प्रयोग हुँदै आएको थियो। यसले गर्दा सिमेन्टमा झण्डै आत्मनिर्भर भए पनि करिब ५ प्रतिशत सिमेन्ट बाहिरबाट आउने गरेको छ।

महानिर्देकशक पुडासैनीका अनुसार ३३ ग्रेडभन्दा माथिको उल्लेख नहुँदा ४३ ग्रेडको हो कि होइन भन्नेमा उपभोक्तामा आशंका हुन्थ्यो। अब नयाँ व्यवस्थाले उपभोक्ताले गुणस्तर सिमेन्ट ढुक्कसँग प्रयोग गर्ने वातावरण बन्नेछ। यसले सिमेन्ट प्रयोगकर्तालाई विश्वास गर्ने वातावरण बन्ने पुडासैनीले बताए।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सिमेन्टको नयाँ ग्रेड अनुमोदन गरेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले राजपत्रमा प्रकाशित भएसँगै नयाँ ग्रेड कार्यान्वयनमा आउने बताए। ‘नयाँ ग्रेडले स्वदेशी सिमेन्टको खपत बढ्ने छ’, उनले भने,‘बहाना बनाएर आयात गर्नुपर्ने अवस्था हट्नेछ।’

ओपीसी सिमेन्टको गुणस्तर पहिचान गर्न ग्रेड निर्धारण गरेको जनाएको छ। नेपाल गुणस्तर परिषद्को माघमा बसेको बैठकले मादण्ड स्वीकृत गरेको थियो। मापदण्ड मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो। महानिर्देशक पुडासैनीका अनुसार सबै ओपीसी सिमेन्टको गुणस्तर एउटै भएकाले यसलाई छुट्टयाउन फरकफरक मापदण्ड तयार पारिएको जानकारी दिए।

ठूलाठूला परियोजनामा उच्च गुणस्तरको सिमेन्टको माग बढेसँगै उत्पादन बजारमा ल्याउने सरकारले निर्णय गरेको हो। नेपालमा उत्पादन नभएपछि भारतबाट सिमेन्ट निर्यात गर्नुपर्ने वाध्यता थियो। नयाँ मापदण्ड थप भएसँगै सिमेन्ट उद्योगी उत्साहित भएका छन्। बजारको मागअनुसार उत्पादनमा जोड दिने उनीहरूको भनाइ छ। आयात पूर्णरूपमा रोकेर निर्यातमा समेत जान सकिनेतर्फ उद्योगीअरु अघि बढ्ने योजनामा छन्।

विभागका अनुसार ६५ वटा उद्योग सञ्चालनमा छन्। नेपाली सिमेन्टले प्रतिष्पर्धी क्षमता बढाउँदै लगेको उद्योगीको भनाइ छ। पर्याप्त पूर्वाधार निर्माण भइनसकेकाले सिमेन्टको प्रयोग दुर्तगतिमा बढ्न सकेको छैन। खपत बढाउन पछिल्लो समयमा सडक निर्माणमा सिमेन्ट प्रयोग बढाउन सकिनेमा छलफल भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.