लिफ्ट दिने बहानामा कार चालकबाटै बलात्कार !

लिफ्ट दिने बहानामा कार चालकबाटै बलात्कार !

ललितपुर : ललितपुरको सातदोबाटोस्थित २७ वर्षीया महिला कार चालकबाट बलात्कृत भएको भन्दै प्रहरीकहाँ पुगेकी छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नीरिक्षक रमेश कुमार श्रेष्ठका अनुसार उनले अभिभावक साथ प्रहरीलाई उजुरी दिएकी हुन् । श्रेष्ठका अनुसार उनी शुक्रबार बिहानै बौद्धबाट गाडी चढेर सातदोबाटो आर्लेकी थिइन् । त्यति नै बेला एकजना कार चालकले लिफ्ट दिने प्रस्ताव गरे ।

दिदीलाई बौद्धबाट भेटेर बागमती गाउँपालिकाको गिम्दीमा दाइ भेट्न हिँडेकी उनी सोही कारमा चढिन् । कार चाकलले गन्तब्यमा पुर्याइदिने बहानामा अपरिचित ठाउँमा लिएर गएको ती महिलाको भनाइ छ ।

नचिनेको ठाउँमा एउटा घरमा लगेर बलात्कार गरेको महिलाले आरोप लगाएकी हुन् । बलात्कार भएपछि दुईवटा बस चढेर सातदोबाटो आइपुगेको भए पनि कहाँ, कुन ठाउँ पुगेको उनले ठम्याउन नसकेको बताएकी छन् ।

उनी सामान्य गृहिणी रहेको प्रहरीले बताएको छ । बस चढेर आए पनि भाडा समेत नतिरेको उनले प्रहरी समक्ष जनाएकी थिइन् । श्रेष्ठका अनुसार उनी जुन ठाउँबाट कारमा चढिन् त्यहीँदेखि सिसिटिभी फुटेज हेरेर कार चालकको पहिचान गर्ने प्रयास भइरहेको छ । पीडित महिलाका अनुसार कार चालक अधबंैसे उमेरका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.