विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र बुद्धनगर सिन्धुलीका केन्द्र प्रमुख इन्जिनियर शेरबहादुर सुनारविरुद्ध घुस मुद्दा दायर भएको छ ।

कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार घुस लिएका थिए । इन्जिनियर सुनारको निर्देशनमा घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकाले दिएका थिए ।

अख्तियारले घुस लिएर भाग्दै गएका खड्कालाई पिछा गर्दै जाँदा कमलामाई नगरपालिका, वडा नं ७, गैरी चोक हुदैं पानी ट्याङ्की जाने बाटोबाट रंगेहात नियन्त्रणमा लिइएको थियो भने र इन्जिनियर सुनारलाई निजकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोप९पत्र दायर गरीएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.