‘सरकार महँगी बढाउँछ मिटरको भाउ बढाउँदैन’

‘सरकार महँगी बढाउँछ मिटरको भाउ बढाउँदैन’

मेरो घर खोटाङ हो। अहिले भक्तपुर बस्छु। काठमाडौँ आएको २५ वर्षजति भयो। ट्याक्सी चलाएको १४ वर्ष भयो। त्यसअघि गार्मेन्टतिर काम गर्थें। ड्राइभिङ सिकेको छ वर्षसम्म काठमाडौँमा गाडी चलाएँ। त्यसपछि विदेश हानिएँ। त्यहाँ पनि ड्राइभिङ नै गरेँ।

अहिले ट्याक्सी क्षेत्रमा छु। नेपालमा सडकको हालत दयनीय छ। त्यसमाथि भक्तपुरमा निजी गाडीले पनि प्यासेन्जर बोक्ने गरेका छन्। त्यसले पनि समस्या भएको छ। टुटल, पठाओले गर्दा निकै मुश्किल भएको छ। ट्याक्सीका प्यासेन्जर एकदमै कम भएका छन्। भक्तपुर ट्राफिक पुलिसले लेनको नयाँ नियम ल्याएको छ। त्यो नियम राम्रोसँग लागू भए ट्याक्सी चलाउन केही सहज हुन्थ्यो। 

यात्रामा अनेकन् प्यासेन्जर भेटिन्छन्। कोही सोझा हुन्छन् भने कोही लुट्ने प्यासेन्जर पनि हुन्छन्। कोही ‘पैसा लिएर आउँछु’ भन्दै जान्छन् तर फर्किंदैनन्। 

कतिपय प्यासेन्जरले उपत्यकाबाहिर जानुपर्‍यो भने चिनेको मान्छे खोज्छन्। त्यति बेला मात्र हो, बाहिर जाने। नत्र दिनभरि सूर्यविनायकमै बस्ने हो। दिनमा १५ सय देखि तीन हजार रुपैयाँसम्म कमाइ हुन्छ। कहिलेकाहीँ राम्रै टिप पाइन्छ भने कहिले दुईचार टिपमै सन्तोष गर्नुपर्ने हुन्छ। टिप हुने बेला अलि चाँडै घर गइन्छ। नभए त रातिसम्म प्यासेन्जर खोज्दै बस्नुपर्छ। काम राम्रो भएन भने कसरी छाक टार्ने परिवारको ? परिवारमा आमाबुबा, श्रीमती र एक जना छोरा छन्। महँगीले ढाड सेकेको छ। खानेकुरादेखि ट्याक्सीका पार्टपुर्जासम्म सबै महँगिएका छन्। गरिबलाई त बाँच्नै गाह्रो हुने भयो। 

हामी ट्याक्सी चालक त झनै मर्कामा छौँ। सरकारले मिटरको भाउ बढाउँदैन, महँगी मात्र बढाउँछ। तेलको भाउ अकासिएको छ। हाम्रो पिरमर्का प्यासेन्जर बुझ्दैनन्। उनीहरू त ‘ट्याक्सीले ठग्यो’ मात्र भन्छन्। हामी त मजदुर हौँ। दिनरात मेहनत गरेर खाने मजदुरले पनि कहीँ ठग्छ त ! 

प्रस्तुतिः रेणु


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.