सिमरा गोल्डकप स्थगित

सिमरा गोल्डकप स्थगित

सिमरा : कोरोना भाइरस (कोभिड १९) को त्रासले सिमरा गोल्डकप स्थगित भएको छ।  चैत्र ६ गतेदेखि सुरु हुन लागेको सिमरा गोल्डकपको ११औं संस्करण अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको हो। 

सरकारको निर्देशनअनुसार अखिल नेपाल फुटवल संघ (एन्फा)ले काठमाडौंसहित मोफसलका सबै प्रतियोगिता तत्कालका लागि स्थगित गर्न भनेपछि आयोजक नवजनजागृति युवा क्लबले  गोल्डकप स्थगित गरेको हो। 

‘एन्फाको माताहतमा रहेका सबै प्रतियोगितालाई स्थगित गर्न भनिएको छ। अहिलेको स्थितीमा यो निर्णय स्वागतयोग्य छ’, जनजागृति क्लबका महासचिव शम्भुसिंह ठकुरीले भने, ‘हामीले पनि गोल्डकपको कार्यक्रम स्थगित गरेका छौँ।’ 

महासचिव ठकुरीका अनुसार प्रतियोगिता स्थगित भएपनि मैदान तयार पार्नेदेखि लिएर अन्य काम जारी रहने बताए। प्रतियोगिताको तयारीका लागि गठित मुल कमिटी र अन्य उपसमितिले काम गरिरहने ठकुरीको भनाइ छ।

यसअघि रुपन्देहीको २२औं तिलोत्तमा गोल्डकप, वीरगन्जको विशाल मेमोरियल गोल्डकप, दोस्रो भरतपुर गोल्डकप, सुनसरीको दुहबी गोल्डकप र सुदुरपश्चिमको गौरिगंगा गोल्डकपसमेत कोरोना त्रासका कारण स्थगित भइसकेको छ। 
 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.