मेयरविरुद्ध उच्च अदालतमा उपमेयर

मेयरविरुद्ध उच्च अदालतमा उपमेयर

मुगु : छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख सुन्तला रोकायाले नगरपालिकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजालाश जुम्लामा मुद्दा दर्ता गरेकी छन्।

 गएको माघ १८ गते  उच्च अदालत सुर्खेत इजालाश जुम्लामा  छाँयानाथ रारा नगरपालिकाकी उप–मेयर रोकायाले मेयर हरिजंग शाहीलेले अधिकार खोसेको भन्दै मुद्दा दायर गरेकी हुन्।

आर्थिक वर्ष ०७४ सालदेखि हालसम्मका योजनाको अनुगमन गर्ने जिम्मा नगर उप्रमुखको भए भएपनी नगरप्रमुखले नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष चक्रबहादुर सावतको संयोजकत्वमा योजना अनुगमन समिति बनाएका थिए। अधिकार खोसिएपछि न्यायको ढोकामा पुगेको उपमेयर रोकायाले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिइन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद ३ दफा १६ उपदफा ४ (ख) अनुसार उपप्रमुखको संयोजकत्वमा रहेको समितिले योजनाको अनुगमन तथा सुपरीक्षण गरी बोर्ड बैठकमा प्रतिवेदन  पेश गर्नुपर्ने व्यवस्था छन्। 

नगर प्रमुख शाहीले वडा अध्यक्षको संयोजकत्वमा ३ सदस्य अनुगमन तथा सुपरिवेक्षण समिति गठन गरेर योजनाको अनुगमन गराएपछि उपमेयर न्याय खोज्न अदालत पुगेकी हुन्। उच्च अदालतले छलफलका लागि फागुन २८ गते उपस्थित हुन दुवै पक्षलाई बोलाएको छ। 

नगरप्रमुख शाही भने थानीय सरकार संचालन ऐन २०७४ अनुसार उपप्रमुखलाई दिइएको अधिकार कसैले नखोसेको दाबी गरे। ‘उपमेयरले आफ्नो अधिकार प्रयोग गर्न नसक्दा सयौँ योजनाको भुक्तानी लामो समयसम्म रोकिएपछि पुस २८ गते उपप्रमुख बाहेक अन्य ४ जना सदस्यले अनुगमन गरेर प्रतिवेदन दिएका योजनाको भुक्तानी दिने निर्णय भएको छ,’ मेयर शाहीले भने।  

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.