पूर्वी नवलपरासीमा प्रहरीले गोली चलायो : एक गम्भीर घाइते, दुई पक्राउ

पूर्वी नवलपरासीमा प्रहरीले गोली चलायो : एक गम्भीर घाइते, दुई पक्राउ

नवलपुर : प्रहरीको गोली प्रहारबाट पूर्वी नवलपरासीमा एक युवा घाइते भएका छन्। शनिबार राति मध्यविन्दु नगरपालिका–१ कोल्हुवा चोकमा गस्तीमा निस्किएको प्रहरी टोलीमाथि आक्रमण गर्ने युवाहरुमाथि प्रहरीले गोली चलाएको हो। दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राति ११ बजे एउटा मोटरसाइकलमा मादक पदार्थ सेवन गरेर आएका तीन जना युवाहरुलाई प्रहरीले चेक जाँचका क्रममा रोकेको थियो। 

कोल्हुवा प्रहरी चौकीका नायव निरीक्षक (सई) गंगाराम कोइरीको नेतृत्वमा २ जनाको गस्ती टोली पनि मोटरसाइकलमा थियो। मादक पदार्थ सेवन गरी नियन्त्रण बाहिर मोटरसाइकल चलाउँदै आएका युवाहरुलाई प्रहरीले रोकेको थियो। त्यसक्रममा केहि समय भनाभन भएपछि युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेका थिए ।त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपक रेग्मीले बताए। 

फायरिङपछि एक जना युवाले खुकुरी निकालेर प्रहरीमाथि प्रहार गर्न गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।‘ प्रहरीमाथि हातपात गर्दै ढुंगा हान्न थाले। जवाफी फायरिङ गरेपछि एक युवाले खकुरी लिएर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाइएको हो।’ रेग्मीले भने। गोली लागेर

३५ वर्षीया प्रेम महतो घाइते भएका छन्। उनको घुंडा र कम्मरमा गोली लागेको रेग्मीले बताए। आक्रमणमा संलग्न ३० वर्षीया मुन्ना महतो र १९ वर्षीया सुरज महतो प्रहरी नियन्त्रणमा छन्। तीनै जना मध्यविन्दु नगरपालिका–३ का हुन्। गोली लागेका महतोको अवस्था गम्भीर रहेको छ। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.