कृषिमा जापानको सहयोग

कृषिमा जापानको सहयोग

काठमाडौं : जापानले सिन्धुपाल्चोकमा जनजीविका सुधारका लागि ६ करोड ४० लाख रुपैयाँ अनुदान दिएको छ। जापान एसियन एसोसिएसन एन्ड एसियन फ्रेन्डसीप सोसाइटीले कार्यान्वयन गर्ने परियोजनाअन्तर्गत स्थानीय कृषकलाई सिँचाइ सुविधा र तालिम प्रदान गरिनेछ। परियोजना कार्यान्वयन गर्ने गैरसरकारी संस्थाले कृषि सहकारी स्थापना र कृषि उत्पादनको मूल्य अभिवृद्धिमा सहयोग गर्नेछ। जापानको ओसाकामा रहेको यो गैरसरकारी संस्थाले परियोजनाअन्तर्गत सागपात, किवी, अंगुर र आँप उत्पादनबारे किसानलाई प्रशिक्षित गर्नेछ। यो सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र परियोजना कार्यान्वयन गर्ने गैरसरकारी संस्थाका उपनिर्देशक अत्सुता नोरिकोले हस्ताक्षर गरेका छन्।

यसैबीच जापान सरकारले गोर्खामा दृष्टिविहीनका लागि निर्माण गरेको पुनस्र्थापना केन्द्र सञ्चालनमा आएको छ। ८८ लाख ६० हजार रुपैयाँ लागतमा निर्मित यस पुनस्र्थापना केन्द्र नेपालस्थित जापानी दूतावासका मिसन उपप्रमुख योशिको युजोले उद्घाटन गरे। यो पुनस्र्थापना केन्द्र गोर्खा दृष्टिविहीन संघले व्यवस्थापन तथा सञ्चालन गर्नेछ। दुईतले यो पुनस्र्थापना केन्द्रले स्याहारसुसार घरको रूपमा काम गर्नेछ। यस पुनस्र्थापना केन्द्रले दृष्टिविहीनको क्षमता विकास कार्यक्रममार्फत आर्थिक उपार्जनमा सहयोगी हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.