वन अधिकृतविरुद्ध घुस मुद्दा
काठमाडौं : डिभिजन वन कार्यालय नवलपुर, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत (तत्कालीन निमित्त कार्यालय प्रमुख कृष्णबहादुर देवकोटाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहयोगीमार्फत टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सहायक वन अधिकृत देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई दुई लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरीएको छ।