छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, चार घाइते

छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, चार घाइते

नवलपुर : पूर्वी नवलपरासीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । गैंडाकोटबाट बुलिङटारतर्फ जाँदै गरेको बलेरो जीप सडकबाट १ सय मिटर तल खस्दा दाङका ५३ वर्षीया चन्द्र सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार मृत्यु भएको हो । पहाडी क्षेत्रमा पर्ने बुलिङटार गाउँपालिका १ तरङखोलामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जीपले बुधबार गैंडाकोटमा ठक्‍कर दिँदा पैदल यात्री ३५ वर्षीय ज्ञानबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरीले जनाएको छ । मृतक गोर्खा पालुङटार नगरपालिका १० का हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.