मकवानपुरगढीमा जिपलाइन सरर

मकवानपुरगढीमा जिपलाइन सरर

हेटौंडा : ऐतिहासिक मकवानपुरगढी दरबार घुम्न जाने पर्यटकले साहसिक खेल जिपलाइनको मज्जा लिन सक्नेछन्।

मकवानपुरगढी-२ ताक्लाखर्कबाट मकवानपुरगढी दरबार क्षेत्रसम्म एक हजार मिटर लामो जिपलाइन सञ्चालनमा आएको हो। विश्वभर साहसिक खेलको रूपमा ख्याति कमाएको जिपलाइन सञ्चालनसँगै मकवानपुरगढी घुम्ने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ।

हेटौंडाबाट १६ किलोमिरट दुरीमा कान्तिलोकपथसँगै रहेको जिपलाइन गत फागुन २ गतेबाट सञ्चालनमा आएको हो। पर्यटन विभागबाट स्वीकृति लिएर आवश्यक प्रक्रिपा पूरा गरी जिपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक रवि श्रेष्ठले बताए।

चिसो हावापानी, सुन्दर वातावरण र दृश्यावलोकनका लागि समेत आकर्षित गढीमा विभिन्न पेसा व्यवसायमा संलग्न १० जना युवा मिलेर जिपलाइन सञ्चालनमा ल्याएका हुन्। ‘क्लासिक, सुपर र टेन्डम (जोडी) जिपलाइनको मज्जा लिन सकिन्छ’, सञ्चालक श्रेष्ठले भने, ‘एक हजार मिटरको दुरी करिब १ मिनेटमा पार गर्न सकिन्छ।’ बागमती प्रदेशमा काभ्रेको धुलिखेलपछि व्यावसायिक जिपलाइन मकवानपुरगढीमा सुरुवात भएको हो।

मकवानपुरगढी दरबार क्षेत्र घुम्न आउने पनि मनोरन्जनका लागि जिपलाइन थपिएपछि खुसी छन्। ‘गढी घुरेर मात्र फर्कंदा खासै रमाइलो हुने थिएन, तर जिपलाइन सञ्चालनपछि यहाँ पर्यटकका लागि थप आकर्षणको केन्द्र बनेको छ’, जिपलाइन चढ्न आएका हेटौंडाका प्रविण पाख्रिनले भने, ‘हेटौंडाबाट नजिकै भएकाले पनि हामीलाई छोटो यात्रा र कम खर्चमा जिपलाइन चढ्ने अवसर मिलेको छ।’

काठमाडौंबाट सोमबार मकवानपुरगढी दरबार घुम्न आएकी साधना पौडेल पनि जिपलाइनको मज्जा लिन पाएपछि खुसी भइन्। ‘घुमघामसँगै जिपलाइनको यात्रा अविश्मरणीय बनेको छ’, उनले भनिन्।

यहाँ दैनिक ५० जनासम्मले जिपलाइन यात्रा गर्ने गरेको सञ्चालक नारायण नेपालले बताए। ‘हामीले प्रचार प्रसारको काम गरेका छैनौं, दैनिक पर्यटकको आगमन बढ्दो क्रममा छ’, उनले भने।

जिपलाइनसँगै यहाँ थ्रिस्टार होटलको सुविधा दिने गरी रिसोर्ट निर्माण भइरहेको छ। होटल गढी भ्यु एन्ड रिसोर्ट प्रालि आगामी असोजपछि सञ्चालनमा आउने अर्का सञ्चालक गोविन्दप्रसाद घिमिरेले बताए। उनका अनुसार जिपलाइनसहित होटल सञ्चालनका लागि पहिलो चरणमा १६ करोड रुपैयाँ लगानी हुनेछ। ‘जिपलाइन पनि दुई वटा वायरबाट एकैपटक चार जनासम्मले यात्रा गर्न सकिने बनाउँदै छौं’, घिमिरेले भने, ‘रिसोर्ट सहितको सबै संरचना निर्माणपछि मकवानपुरगढीको पर्यटन प्रवद्र्धनमा पनि थप टेवा पुग्ने विश्वास छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.