फुटबलमा पोख्त पोग्बा

फुटबलमा पोख्त पोग्बा

सन् १९९३ मार्च १५ मा फ्रान्समा जन्मेका विश्व चर्चित फुटबल खेलाडी हुन्, पल पोग्बा। उनको पूरा नाम पल लिबेल पोग्बा हो। यिनको म्याथियस पोग्बा र लोरेन्टेन पोग्बा दुई जुम्ल्याहा दाजु छन्। ती दुई पनि फुटबल खेलाडी नै हुन्। दाइहरूकै प्रेरणाबाट उनले फुटबल खेल्न थालेका हुन्।

बाल्यकाल र संघर्ष

पल पोग्बा सानैदेखि फुटबल खेल्न निकै रूचाउँथे। करिब ४ वर्षकै उमेरमा उनको बुवाले उनको त्यो खुबी चिने। बुवाले दाइहरूसँगै उनलाई फुटबल प्रशिक्षण गराउन थाले। उनी ६ वर्षको उमेरमा उनलाई उनको बुवाले ‘यू एस रोजी एम्ब्रे’ नामक एउटा सानो क्लबमा लगे। त्यहाँ उनले करिब ७ वर्षसम्म खेले।

त्यसपछि १३ वर्षको उमेरमा उनी ‘यू एस टोर्सी’ नामक टीममा गए। त्यहाँ उनी ‘अन्डर १३’ का क्याप्टेन बने। त्यहाँ केही समय बिताएपछि ‘लि ह्याभर एकेडेमी’ मा आबद्ध भए। त्यहाँ उनको खेलमा निखारता आयो।

उनको जादुमयी खेल्ने शैली देखेर विश्वका (यूरोपका) ठूलठूला क्लबहरूबीचमा उनलाई आफ्नो टीममा राख्न प्रतिस्पर्धा गर्थे। अन्ततः उनी सन् २००९ मा सबै क्लबहरूलाई उछिनेर ‘म्यानचेस्टर युनाइटेड’ ले पल पोग्वा आफ्नो टीममा लियो। १६ वर्षका पोग्बा त्यहाँको युथ टीममा २ वर्षसम्म खेले।‘म्यानचेस्टर युनाइटेड’ मा खेल्न थालेपछि उनको खेलमा झनै सुधार आयो। यसरी उनले सबैलाई प्रभावित बनाएर १८ वर्षको उमेरमा उनी ‘म्यानचेस्टर युनाइटेड’ को पहिलो टीममा सहभागी हुने मौका पाए। तर, त्यहाँ उनलाई खेल्ने मौका भने कम दिइन्थ्यो। जुन उनलाई चित्त बुझेन। खेल्ने अवसर कम मिलेपछि उनी त्यो टीम छोडेर ‘युभेन्टस’ टीममा गए। त्यहाँ उनले ४ वर्षको सम्झौता गरे। २२ सेप्टेम्बर २०१२ मा सोही टीमबाट उनले डेब्यु पनि गरे। ‘म्यानचेस्टर युनाइटेड’ मा हुँदा गर्न नपाएको काम उनले ‘युभेन्टस’ मा गएर गरे। त्यहाँ उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै चारै वर्ष लगातार ‘युभेन्टस’ लाई ट्रफी जिताए। उनी विशेषगरि ‘मिड फिल्ड’मा खेल्ने खेलाडी हुन्। छोटो समयमा संसारमै चर्चित ‘मिड फिल्डर खेलाडी’ हरूको सूचीमा उनको नाम पनि लेखियो।

उनको उत्कृष्ट खेल देखेर ‘म्यानचेस्टर युनाइटेड’ ले फेरि आफ्नो टीममा ल्याउने प्रयत्न गर्‍यो। तर, पोग्बा सजिलै आउन मानेनन्। उनलाई ल्याउन सन् २०१६ मा ‘म्यानचेस्टर युनाइटेड’ ले १ सय ५ मिलियन यूरोमा सम्झौता गर्‍यो। त्यसपछि पोग्बा संसारकै महंगा खेलाडी बने।

अन्तर्राष्ट्रिय परिचय

पल पोग्बालाई सन् २०१३ मा फ्रान्स ‘अन्डर ट्वान्टी टीम’ का क्याप्टेन बनायो। त्यो जिम्मेवारी उनले इमान्दारीपूर्वक निभाए। त्यसैले उनको टीमले सन् २०१३ को ‘अन्डर ट्वान्टी वल्र्डकप’ हात पार्‍यो। त्यो वर्ष उनी ‘प्लेअर अफ द टुर्नामेन्ट’ र ‘गोल्डेन बल’ का विजेता पनि बने। यसरी दिनप्रतिदिन उत्कृष्ट खेल प्रदर्शन गर्दै गएपछि उनले २०१८ को विश्वकपमा खेल्ने मौका पाए। नभन्दै २०१८ को ‘वल्र्डकप’ पनि फ्रान्सले नै हातले जित्यो। उनी एकाएक वल्र्डस्टार बने।

पोग्बााको बलियो र कमजोरी पक्ष

राम्रो शारीरिक बनावट र तागतका कारण खेलका क्रममा आउने समस्याहरूलाई उनी सजिलै सहन सक्छन्। उनको अर्को महत्वपूर्ण पक्ष हो, ‘स्टामिना पावर’। उनी ९० मिनेटको खेलमा लगातार एकनासले ढौडिन सक्छन्। त्यसैले उनलाई टीमको ‘इन्जिन’ पनि भन्ने गरेका छन्। साथै उनी मानसिक रूपमा पनि निकै स्वस्थ र चलाख छन्। खेल्दा उनी कहिल्यै चिन्तित हुँदैनन् बरु उच्च मनोबल देखाउँछन्। जसका कारण उनको र टीमको खेल झनै राम्रो बन्छ। उनको मुख्य विशेषता भनेको ‘भर्सटालिटी’ हो। किनभने उनी ‘मिड फिल्ड’ को जुनसुकै ठाउँबाट राम्रो खेल्न सक्छन्।

यति धेरै सबल पक्ष हुँदाहुँदै पनि खेलको पूरै अवधि (९० मिनेट) ‘कन्सन्ट्रेसन’ हुन नसक्नु उनको कमजोरी हो। ठीक समयमा ठीक ठाउँमा पास दिन नसक्नु उनको अर्को कमजोरी पक्ष हो। तर, उनले आफ्नो यिनै कमजोर पक्षको सुधारमा लागेका छन्।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.