ओलीको ठट्यौली : म मर्ने छाँट छ ? हेर्नुस् त !
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरुलाई सामना गर्दै पार्टीलाई अगाडि बढाउने आफ्नो संकल्प यथावत रहेको बताएका छन् ।
पार्टीको दुई दिने कार्यशालालाई आज काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई गत पुस ३ गते महाधिवेशन प्रतिनिधिले अध्यक्ष छानेको बताउँदै सजिलो–सजिलो र अनुकूल वातावरण पर्यो भने प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर अध्यक्ष नबनाएको बताए ।
अध्यक्ष ओलीले पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु भएकाले अप्यारो अवस्था आएकै छ, अप्ठ्यारो अवस्था आए पनि सामना गर्नु भनेर आफूलाई अध्यक्ष छानिएको बताए । उनले आफूले अध्यक्ष छाडेर अलपत्रै छाडेर भाग्छ कि भन्ने आशंका नगर्न समेत आग्रह गरे । उनले कार्यकर्तासँग ठट्यौली गर्दै भने, ‘म मर्ने छाँट छ ? हेर्नुस् त ।’ उनले पार्टीलाई गतिशिल बनाउँदै पार्टीको विधि विधान अनुसार नै आफूले विश्राम लिने समेत बताए ।
प्रतिक्रिया दिनुहोस !