कम्पनी रजिष्टारका सुब्बा र लेखापरीक्षक घुससहित पक्राउ
काठमाडौं : कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिए ५ हजार घुस लिँदालिँदै उनीहरूलाई पक्राउ गरेको छ । उनीहरूलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।