नास्टसँग मिलेर स्यानिटाइजर उत्पादन

नास्टसँग मिलेर स्यानिटाइजर उत्पादन

ललितपुर : ललितपुर महानगरपालिकाले नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट)सँग मिलेर ह्यान्ड स्यानिटाइजर उत्पादन थालेको छ। बजारमा स्यानिटाइजर तथा मास्कको चरम अभाव भएपछि महानगर आफैंले उत्पादनको निर्णय गरेको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए। यसका लागि महानगरले नास्ट वैज्ञानिकसँग छलफलसमेत गरिसकेको छ।

स्यानिटाइजर र मास्क उत्पादन गर्ने निर्णय कार्यपालिकाको बुधबारको बैठकले गरेको हो। महानगरको सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णणअनुसार यो कार्य थालनी भइसकेको छ। महानगरले उत्पादन गर्ने स्यानिटाइटर विश्व स्वास्थ्य संगठनको स्टान्डर्ड अनुसारको हुने महजर्नको भनाइ छ। मेयर महर्जनले भने, ‘स्थानीय कच्चा पदार्थबाटै स्यानिटाइजर बन्नेछ।’

स्थानीय कच्चा पदार्थमा वैज्ञानिकले रसायन मिलाएर स्यानिटाइजर बनाउने छन्। ‘स्यानिटाइजर स्थानीय कच्चा पदार्थ र केमिकलको फ्युजन हो’, महर्जनले भने, ‘यसको उत्पादनका लागि महानगरले नास्टलाई कच्चा पदार्थ उपलब्ध गराइसकेको छ।’ नास्टका वैज्ञानिकले ललितपुर महानगरपालिकालाई नमुना स्यानिटाइजर उत्पादन गरी उपलब्ध गराइसकेका छन्। यो स्यानिटाइजरमा मदिरा र कागतीको मिस्रित बास्ना आउँछ।

घरेलु उत्पादन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बनेको महर्जनको दाबी छ। कति परिमाणमा स्यानिटाइजर उत्पादन गर्ने भन्ने विषयमा महानगरले निर्णय गरिसकेको छैन। यसको बजार मूल्य पनि तोकिएको छैन। अहिले बजारमा स्यानिटाइजरको माग ठूलो छ। यसैगरी महानगरले धुन मिल्ने मास्क उत्पादन थालिसकेको छ। सबै भन्दा पहिला महानगर भित्रका २९ वटै वडामा सप्लाई गर्ने तयारी छ।

विश्व स्वास्थ्य संगठनले कोराना भाइरसलाई महामारी घोषणा गरेकाले सचेतनाका लागि महानगरले आफ्नो ठाउँबाट पहल गरेको हो। महानगरले उत्पादन गरेको मास्क १७ रुपैयाँमा उपलब्ध हुने छ। सम्पूर्ण लागतमा १५ प्रतिशत छुट हुनेछ। महानगर भित्रका औषधि पसलमा मास्क उपलब्ध गराइनेछ। महानगरको विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराइनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.