मुस्ताङमा छैन कोरोना त्रास

मुस्ताङमा छैन कोरोना त्रास

जोमसोम: विश्वमाँझ फैलिएको कोरोना भाइरस सन्त्रास नेपालमा पनि परिरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङ  सन्त्रासबाट मुक्त छ । मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकले निर्धक्‍क भ्रमण गरेको पाइएको छ ।

गत डिसेम्बरदेखि छिमेकी देश चीनको वुहानबाट सुरु भएको नोवल कोरनाको प्रभावले नेपालको पर्यटनक्षेत्र पनि प्रभावित भएको छ। सरकारले कोरोनाकै कारण घोषणा गरिएको नेपाल भ्रमण वर्ष समेत रद्द गरेपनि मुस्ताङमा भने पर्यटक भित्रिने क्रम घटेको छैन । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको जोमसोमस्थित पर्यटक चेकपोस्टले बिहीबार दिएको जानकारी अनुसार सन् २०२० को जनबरीदेखि मार्च १२ तारिखसम्म २ हजार ९ सय ८२ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

जसअनुसार जनबरीदेखि मार्च १२ तारिखसम्म मुस्ताङ भित्रिनेमा २ हजार १ सय २० भारतीय पर्यटक छन् भने पञ्चिमेली मुलुकका ८ सय ६२ पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए ।

नेपालमा नोवल कोरोनाको प्रभाव फ्रेब्रुअरीदेखि सुरु भएको भएपनि साविक वर्षको अनुमानमा मुस्ताङको हकमा पर्यटक नघटेको कार्यालय प्रमुख दाहालको बुझाइ छ ।

सन् २०२० को जनवरीमा ३ सय ५६ भारतीय पर्यटक र १ सय ८१ पञ्चिमेली, फेब्रुअरीमा ७ सय १९ भारतीय र ३ सय ५२ पञ्चिमेली र चालु मार्चको १२ तारिखसम्म १ हजार ४५ भारतीय र ३ सय २९ पञ्चिमेली मुलुकका पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।

सन् २०१९ को जनबरीमा ५ सय ३७ पर्यटक मुस्ताङ भित्रिएकोमा यसवर्ष ५ सय ३७ पर्यटकले मुस्ताङ भ्रमण गरे । चालु वर्षको जनबरीमा ३२ पर्यटक बढेको हो ।

गत वर्षको फ्रेब्रुअरी ४ सय४५ पर्यटक आएका थिए भने चालु वर्षको फ्रेब्रुअरीमा १ हजार ७१ पर्यटकले मुस्ताङ भ्रमण गरे । यस्तै, गत वर्षको मार्चमा ५ हजार ३ सय ७८ पर्यटकले मुस्ताङको भ्रमण गरेकोमा चालु वर्षको मार्च १२ तारिखसम्म १ हजार ४५ पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोम चेकपोष्टले जनाएको छ ।

कार्यालय प्रमुख दाहालले विश्वभर कोरोनाका कारण स्वास्थ्य संकटकाल देखिएको अवस्थामा गत वर्ष मार्चको पर्यटक लक्ष्य पुरा नभएपनि सो आँकडाको नजिक पुग्ने अवस्था रहेको खुलाए ।

उनले मार्चको १२ दिनमा १ हजार नाघेको र बाँकी १८ दिनमा करिब ४ हजार पर्यटक पुग्न सक्ने दावी गरे । हिउँदयामको वषन्त ऋतु आगमनसँगै मुस्ताङमा फ्रेब्रुअरीदेखि पर्यटकको चहलपहल समय हो । यो समयमा उल्लेख्य रुपमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने सिजन भएको मुस्ताङ उद्योग बाणिज्य संघको अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए । देशभर कोरोना प्रकोपका कारण पर्यटनक्षेत्र नराम्ररी धरासयी हुँदै गर्दा मुस्ताङका पर्यटन व्यवसायी भने आशावादी रहेको जनाए ।

जोमसोम नागरिक कार्यालयका प्रमुख दिपक बिकले पोखरा-जोमसोम हवाई उडान सेडुलमा कमी नआएको बताए । उनले कोरोना प्रभाव देखिएपनि मार्चदेखि सुमित र तारा एअरलाईन्सले दैनिक ६ भन्दा बढी उडान भर्ने गरेको जानकारी दिए । मुस्ताङमा ९० प्रतिशत भारतीय पर्यटक र १० प्रतिशत पञ्चिमेली मुलुकका पर्यटक भित्रिने गरेको विमानस्थल प्रमुख विकको भनाइ  छ ।

नोवल कोरोना-कोभिड- १९ को सन्त्रासले देशभर आंतकित गरिरहेको अवस्थामा मुस्ताङमा यसको प्रभाव शून्यजस्तै देखिएको हो । यहाँका स्थानीयबासी ,पर्यटक, विद्यालयले कोरोना संक्रमण सर्ने जोखिमबाट आंतकित नभएको पाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

उनले कोरोना डरले स्थानीय स्वास्थ्य केन्द्र धाउनेको संख्या शून्य भएको दावी गरे । उनका अनुसार स्थानीय प्रशासन र स्वास्थ्य कार्यालले कोरोनाबाट सचेत रहन हेल्थ क्याम्प र जनचेतनामुलक कार्य गर्ने योजना अघि बढाएको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.