मुस्ताङमा भारी हिमपात (फोटोफिचर)

मुस्ताङमा भारी हिमपात (फोटोफिचर)

जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङमा अहिलेसम्मकै भारी हिमपात भएको छ । शनिबार राती परेको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका पाँचवटै स्थानीय तहमा बाक्लो हिमपात भएको जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालका अनुसार हिमपातले मुस्ताङ सदरमुकाम जोमसोममा डेढ दर्जन बढी विद्युत पोल ढलेको जानकारी दिए ।

उनका अनुसार विद्युत पोल ढलेपछि जोमसोमभन्दा माथिका ३ स्थानीय तहमा विद्युत प्रशारण लाइन अवरुद्ध भएको छ । भारी हिमपातले सडक छेउछाउका विद्युत पोलले हिउ थेग्न नसकेपछि विद्युत पोल ढलेको हो ।

पोल ढलेपछि सदरमुकाम जोमसोम बजारक्षेत्रको सवारी तथा पैदलयात्रालाई आउजाउमा समस्या परेको छ । आईतबार मौसम खुलेकाले छरपस्ट विद्युत पोल र वायरहरुको व्यवस्थापन गर्न स्थानीय प्रशासनको पहलमा नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र निलगिरी विद्युत उपभोक्ता समितिका प्राविधक खटिएका छन् ।

विद्युत वितरणकेन्द्र निलिगरी उपभोक्ता समितिका कार्यालय प्रमुख सनप्रसाद थकालीले विद्युत आपूर्ति सहज हुने केही दिन लाग्ने जानकारी दिए । उनका अनुसार वितरण केन्द्र समितिसँग पोल स्टक नभएकाले पोल झिकाएर मात्र सेवा सञ्चालनमा ल्याउन सकिने उल्लेख गरे ।

मुस्ताङमा चैत्र महिनामा हिमपात भएको यो पहिलो रेकर्ड भएको जोमसोम गाउँका मुखिया रामप्रसाद थकाली बताए । उनले विगत वर्षहरुमा फागुनको दोश्रो सातासम्म हिउँ पर्ने गरेकोमा यसवर्ष भने नसोचेका भारी हिमपात भएको जनाए ।हिमपातले कहि खुसीयाली छाएको छ भने कतै सास्ती भएको छ ।

हिमपातले मुस्ताङको पुरै कच्चि सडक हिलाम्मे भएको छ ।हिमपातले पर्यटकलाई हिँडडुलमा समेत समस्या परेको पर्यटन व्यवसायी योगेश शेरचनले बताए ।

मुस्ताङमा जारी सिजनको सातौ पटक परेको हिमपातले मुस्ताङका शैक्षिक संस्था बन्द भएका छन् । हिमपातले विद्यार्थीको उपस्थिति हुन नसकेपछि विद्यालय बन्द गर्नु परेको जनहित मावि जोमसोमका प्राचार्य रामचन्द्र अधिकारीले जानकारी दिए । यस्तै हिमपातले पोखरा-जोमसोम हवाइ सेवा समेत प्रभावित बनेको छ ।

जोमसोम विमानस्थलको धावनमार्गमा २ फिट बढी हिउँ परेकाले हवाई उडान रोकिएको जोमसोम विमानस्थलका कार्यालय प्रमुख दिपक विकले जानकारी दिए । उनले स्थानीय प्रशासनको सहयोगमा सुरक्षा निकाय परिचालन गरेर धावनमार्गको हिउँ पन्छ्याउन पहल गरिने बताए ।

चैत्र महिनामा परेको अकल्पनीय हिमपातले उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनाएको छ । जोमसोम-लोमान्थाङ जाने सडकको हिउँ २ दिनअघि पन्छ्इएको भएपनि पुन हिमपातले भएकाले उपल्लो मुस्ताङ यातायात सेवा अवरुद्ध भएको यातायात व्यवसायी देव गुरुङले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा ३ फिट बढी हिउँ परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.