पुर्ख्यौली पेसाले फेरिएको जीवन

पुर्ख्यौली पेसाले फेरिएको जीवन

काठमाडौं : गल्छी गाउँपालिका १ धादिङका हरि सिन्चुरी विकको जीवन पुख्र्यौली पेसाबाट फेरिएको छ। हरिका हजुरबुवा र बुवाले धादिङका गाउँगाउँ पुगेर गरगहना बनाउने काम गर्थे। उनले पनि त्यही पुख्र्यौली पेसालाई व्यावसायीकरण गरे।

उनका बुवा, हजुरबुवालगायत पुस्ता अर्डर आएका ठाउँमा जाने, गरगहना बनाउने गर्थे। पुख्र्यौली पेसालाई निरन्तरता दिँदा जीवन नफेरिएपछि पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने उनको सोच पलायो। आफ्नो सीपलाई व्यावसायिकता दिन उनीसँग पैसा थिएन।

विदेशी कम्पनी सेडल ट्रेडर्समा तीन वर्ष र पाटन ह्यान्डी क्राप्टमा २ वर्ष काम गरेपश्चात उनले पाटनमा २० हजार लगानीमा व्यवसाय सुर गरे। अहिले उनी करोडभन्दा बढीको लगानीमा इमाडोलमा ग्लोबल सेन्चुरी प्रालिको मालिक भएका छन्। पाँचजनालाई रोजगारी दिँदै सुरु भएको उनको उद्योगमा अहिले ७० जनाले प्रत्यक्ष, अप्रत्यक्ष काम गर्छन्। उनका उत्पादनको निर्यात पनि राम्रै भइरहेको छ। ५० प्रतिशत स्थानीय बजारमा बिक्री हुन्छ र अरु निर्यात हुन्छ। हस्तकलामा ४२ विधामा सामान उत्पादन हुन्छ। उनका उत्पादन अमेरिका, जापान, जर्मन, क्यानडा, फिनल्यान्ड, स्पेनलगायत विभिन्न देशमा जाने गरेको छ। चीन र भारतमा मेटल क्राप्टका सामग्री निर्यात भइरहेको छ। केही समयअघि युरोपमा राम्रो बजार भए पनि अहिले खस्केको छ।

हरिले कलाकार अरनीकोले १३औं शताब्दीमा नेपालको सामान तिब्बत पुर्‍याएको प्रेरणाले पाठ सिकाएको बताउँछन्। युरोपियन युनियन अन्तर्गत प्लानेट फाइनान्स नेपालको सहयोगबाट उनको जीवनमा यूटर्न भएको थियो। उक्त परियोजनाले बजारीकरण, बजार योजना, क्षमता विकासमा सहयोग गरेकाले जीवन परिवर्तनको सुरुवात भएको उनी बताउँछन्।

दुर्गममा, निम्न आय भएको परिवारमा जन्मेका हरि अचेल हस्तकलाकै कारण जीवन सुधार भएकोमा खुसी छन्। कला र सीपलाई प्रयोग गर्दै उद्योगमा रुपान्तरण गर्दा पक्की घरमा बस्ने, दैनिक आवश्यकता पूरा गर्न, सन्तानको शिक्षा, स्वास्थ्यमा कोसेढुंगा सावित भएको ठान्छन्। ‘धेरै परिवर्तन भएको छ। ग्रामीण भेगको मान्छे काठमाडौं आएर हस्तकला निर्यात गरेर ७० जना परिवारको खुसीमा गाँसिन पाउँदा मलाई गर्व महसुस हुन्छ।’

अहिले पनि गाउँघरमा आरन तथा हाते औजार प्रयोग गरेर कुटो, कोदालो बनाउने प्रचलन कायमै छ। तर यस्तो सीप नयाँ पुस्तामा नआइ हराउने खतरा रहेको उनी सुनाउँछन्। ‘परम्परागत सीप र कला जोगउन सकारले राहतका प्याकेज ल्याउनुपर्ने उनी सुनाउँछन्। सरकारले आागो फुक्ने, ग्रान्डिङ गर्ने मेसिन वितरण गर्नुका साथै बजारीकरणमा सघाउनुपर्ने उनी ठान्छन्। यस पेसालाई मर्यादित र आधुनिकरण गर्न सके नयाँ पुस्ताको आकर्षण बढ्ने उनको विश्वास छ।

त्यतिबेला हस्तकला सामग्रीमा हाते औजार प्रयोग गरेर पाटा पिटेर, फुकेर बनाउनुपथ्र्यो बनाउनुपथ्र्याे। पूरै हातैले बनाउनुपथ्र्यो। त्यो समयमा सामान्य जीवन धान्न मात्रै काम हुन्थ्यो। हस्तकला सामग्री निर्माणमा पुरानै शैली, पुरानै तरिकाबाट चलेकाले नयाँ पुस्ताको आकर्षण नभएको उनी ठान्छन्। भन्छन्,‘अब पुख्र्यौली पेसा पूर्णरूपमा व्यावसायीकरण हुनुपर्छ। नयाँ प्रविधि, तालिम दिनुपर्छ।’ नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न बिना धितो सहुलियतपूर्ण कर्जा, उत्पादनको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन्।

अहिले नेपालबाट हस्तकला सामग्री चार अर्बभन्दा बढीको निर्यात भइरहेको छ। अनौपचारिक रूपमा त्योभन्दा बढी नै निर्यात भइरहेको छ। हस्तकलाले कला, सीप जीवन्त राख्ने काम गर्छ। यसले बेरोजगारी घट्ने र व्यापार घाटा कम गर्न सहयो गर्ने भएकाले सरकारले विशेष प्रोत्साहन गर्नुपर्ने हरि बताउँछन्। हस्तकला उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सकिरहेका छैनन्। अन्य देशले पनि हस्तकला सामग्री बनाउँछन्। उनीहरूले आधुनिक टुल्स र औजार प्रयोग गर्छन्। नेपाली उत्पादन आफ्नै मौलिकतामा उत्पादन हुने भए पनि प्रतिष्पर्धा गर्न सकिरहेका छैनन्। ‘नेपाली हस्तकला उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सरकारले प्रोत्साहन दिन के प्रतिष्पर्धा गर्न सक्षम छन्।’

सीमित स्रोत र साधान, स्थानीय कच्चा पदार्थ प्रयोग गरेर हस्तकला सामग्री उत्पादन हुन्छ। सुनचाँदी, मेटलजन्यमा भने कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ। त्यस्ता कच्चा पदार्थमा आर्ट एन्ड क्राफ्ट प्रयोग गरेर भ्यालू एड गरी बिक्री गर्ने गरेको हरि अनुभव सुनाउँछन्। बेत बाँस, बाँसका कच्चा पदार्थ नेपालमै पाइन्छ। मेटलबाहेक अन्य कच्चा पदार्थ नेपालमै सम्भावना छ। अहिले ऊन, न्यूजिल्यान्ड, फिनल्यान्ड र अस्ट्रेलियाबाट आउँछ। फेललाई चाहिने ऊन नेपालमै भेडा पालन गरेर ऊन र मासु उत्पादन गर्न सकिने भए पनि त्यतातर्फ कसैको ध्यान नदिएको उनको बुझाइ छ। मेटलबाहेक कच्चा पदार्थ स्वदेशमै सम्भावना छ’, उनले भने,‘ स्वदेशमै पाइने कच्चा पदार्थबाट उत्पादन र प्रशोधन गरी बिक्री गर्न सकिन्छ।’ स्वदेशी कच्चा पदार्थ प्रयोग बढाउन सरकारले ढुंगा उत्खनन र वनजन्य नीतिगत सुधार गर्नुपर्ने उनी देख्छन्।

हरि हस्तकलाका डिजाइनर पनि हुन्। उनले डिजाइनको अर्डर लिएर नयाँ–नयाँ तरिकाबाट डिजाइन बनाएर बिक्री गर्छन्। उनको डिजाइनलाई धेरेले रुचाउँछन्। ‘मैले बनाएको डिजाइन मन पराएर खोज्दै खोज्दै आउने व्यवसायी धेरै छन्।’ उनले हस्तकलासम्बन्धी तालिम पनि दिन्छन्। अहिलेसम्म उनले तीन सय ५० जनालाई दिइसकेका छन्। उनीबाट सिकेका धेरै व्यक्ति नेपालको राम्रा कालिगढ भएर निर्यातकर्मी भएको सुन्दा पुकलित हुनछन्। उनीबाट तालिम लिएका मध्ये सय बढी उद्यमी भएका छन् भने दुई सय ५० जना राम्रो कम्पनीमा काम गर्छन्।

हस्तकला कालिगढ क्षेत्रमा अहोरात्र खटेका कारण सफलता पाएको ठान्छन्। उनले व्यावसायिक जीवन सुरुवात गरेदेखि आधा जर्जन अवार्ड प्राप्त गरेका छन्। हरिले सन् २००८ मा स्मल इन्टरप्राइजेज एक्सिलेन्ट अवार्ड, २०१० मा थर्ड एस ई.ई अवार्ड, २०१३ मा फस्र्ट पोजिन इन नाइन्थ लाइफ क्राप्ट कम्पिटिसन पाएका छन्। त्यस्तै २०१६ मा वल्र्ड क्राफ्ट काउनसील अवार्ड अफ एक्सिलेन्स अवार्ड, २०१८ मा नेशनल क्राप्टस्म्यान अवार्ड र २०१९ मा इन्टरनेसनल प्रोफेसनल वेस्ट ह्यान्डिक्राफ्ट क्राप्टस्म्यान अचिभमन्ट अवार्ड पाएका छन्।

विक नेपाल हस्तकला कालिगढ संघका अध्यक्षसमेत हुन्। नेपालमा १० लाखभन्दा बढी कालिगढ श्रमिक छन्। उनीहरूलाई संगठित गर्दै पेसालाई आधुनिकरण र व्यावसायीकरण गराउन पहल गरिरहेका छन्। संघका सदस्य सबैलाई प्यानमा दर्ता गराउन उनी लागिपरेका छन्। भन्छन्,‘हामी कर तिर्छांै तर राज्यले पनि हामीलाई सेवासुविधा देओस्।’ कालिगढ घर चलाउन मात्र सीमित राखी धेरैलाई सीप सिकाउने उनको अठोट छ। ‘यसले जीवनस्तर उकास्नुका साथै सीप र कला अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्छ।’

हरिले प्रमाणपत्र मात्र नभई बजारको सुनिश्चिता र बजारको ग्यारेन्टीसहित तालिम दिने बताउँछन्। ‘त्यो भन्दा पहिला रोजगारी ग्यारेन्टी गरेर पनि सिकाएको छु’, उनले भने। कालिगढले औसतमा ३५ हजार मासिक कमाउँछन्। २० हजारदेखि एक लाखसम्म कमाउने कालिगढ छन्। पुख्र्यौली पेसामा मात्रै सीमित भएको कालिगढ क्षेत्रमा पछिल्लो समयमा अन्य जाति पनि आकर्षण हुन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.