मदिरा भट्टी खोज्दै धनुषा प्रहरी

मदिरा भट्टी खोज्दै धनुषा प्रहरी

जनकपुरधाम : घरेलु मदिरा सेवनले धनुषामा बाह्र जनाको मृत्युपछि धनुषा प्रहरीले अवैद्य मदिरा भट्टी नियन्त्रण अभियान सुरु गरेको छ । क्षिरेश्नरनाथ नगरपालिका सपहीमा आठ र जनकपुरधाम उप-महानगरपालिका ७ जानकीनगरमा चारजनाको मृत्यु तथा दजनौं सिकिस्त भएपछि प्रहरीले मदिरा भट्टी खोज्दै हिँडेको हो।

जिल्लाको विभिन्न स्थानमा वर्षौदेखि सञ्चालन हुँदै आएका भट्टी प्रहरीले भत्काएको छ। धनुषा प्रहरीको विभिन्न युनिटबाट खटिएको प्रहरी टोलीले २२ भट्टी तथा २ हजार भन्दा बढी लोकल मदिरा  नष्ट गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

उनले भने, 'जिल्लाभरीबाट मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ गरी झण्डै २ हजार लिटर मदिरा प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ, बाँकी खोज्दै छौं ।'

घरेलु मदिरा सेवन ज्यान गएपछि मदिरा नियन्त्रण गर्न प्रहरी परिचालित भएको हो । त्यस्तै छापा हान्ने क्रममा भट्टी र पसलका धनीको नाम थाहा भएपनि छापा अघि नै फरार हुने गरेकाले हालसम्म एकजना पनि पक्राउ पर्न नसकेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए।

आफैमा मन्द विष मानिने घरेलु मदिरामा युरिया र स्प्रिट, गोबर, जुत्ता, मोजा तथा एसिडको प्रयोगले मृगौलामा छिटो र प्रत्यक्ष असर पार्ने जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट नागेन्द्र यादव बताउँछन् । उनले भने, 'यसले मुटु, कलेजो, फोक्सो, आन्द्रा तथा मष्तिष्कमा नराम्रो असर गर्छ, मिथाइलको ठाउँमा इथाइलको मिसाबटले अलिकति तलमाथि हुने बित्तिक्‍कै मदिरा विषाक्त भइ तत्कालै ज्यान जान्छ ।'

गत वर्ष अषाढ २१ मा जिल्लाकै कमला नगरपालिका ५ लक्‍कडस्थित घरेलु मदिरा सेवका कारण ६ जनाको मृत्यु भएको थियो ।

सांसदले दियो क्रिया खर्च

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मदिरा सेवनबाट मृतक परिवारलाई नेपाल कम्युनिस्ठ पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद रघुबीर महासेठले क्रिया खर्च उपलब्ध गराएको छ । आइतबार मृतक परिवारको घर-घरमा पुगी महासेठसहित सांसद जुली महतोले परिवारका सदस्यलाई २०÷२० हजारको दरले क्रिया खर्च उपलब्ध गराएको हो।

पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री रघुबिर महासेठले क्षिरेश्वरनाथ नगरपालिका सपही १-२ मा पुगी मृतक परिवारको घर-घरमा गएर क्रिया खर्च उपलब्ध गराएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.