मास्क लगाएर परीक्षा दिंदै विद्यार्थी

मास्क लगाएर परीक्षा दिंदै विद्यार्थी

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी परीक्षार्थीलाई नि:शुल्क मास्क वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले आइतबारबाट सञ्चालन भएको परीक्षामा सहभागी भएका परीक्षार्थीलाई मास्क वितरण गरेको हो । 

कोरोनाबाट सुरक्षित रहन भन्दै नगरपालिकाले नगर क्षेत्रमा लाग्दै आएको हाटबजारसमेत बन्द गरेको छ । ‘परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश गर्नुअघि स्वास्थ्य निगरानी गर्ने गरिएको छ । ज्वरो, रुघा खोकी लागेको पाइएमा छुट्टै राख्ने व्यवस्थासमेत मिलाएका छौं’, नगर प्रमुख भीमबहादुर थापाले भने । 

सामान्य रुघा खोकीबाट सुरक्षित रहन सघाउ पुग्ने भएकाले सबै परीक्षार्थीलाई मास्क वितरण गरेको उनले जानकारी दिए । हरेक दिन मास्क लगाएर मात्र परीक्षार्थीलाई सहभागी गराउने गरिएको थापाले बताए । केन्द्राध्यक्ष, निरीक्षकलगायत सबै कर्मचारीलाई पनि मास्क अनिवार्य गरेर परीक्षा लिइएको छ । अनुगमनमा जानेका लागि समेत मास्क अनिवार्य गरिएको नगर प्रमुख थापाले बताए ।

नगर क्षेत्रमा १६ संस्थागत र १६ सामुदायिक गरी कुल ३२ वटा विद्यालयमा परीक्षा भइरहेको छ । ८ केन्द्रबाट कुल १ हजार ३ सय ८८ परीक्षार्थीले परीक्षा दिइरहेका नगर शिक्षा शाखाका शाखा अधिकृत पशुपति भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.