शिक्षककै शैक्षिक प्रमाण पत्र नक्कली
काठमाडौं : राम्चे आधारभूत विद्यालय मराङ, माग्दीका शिक्षक छोटेलाल ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
अनुसन्धानमा भारतस्थित मोतिउर्रहमान संस्कृत प्राथमिक सह-माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको नक्कली प्रमाणपत्र पेश गरी अस्थायी प्रावि शिक्षक पदमा नियुक्ति लिएका थिए । उनविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ तथा सुविधासमेत आर्जन गरेकाले मुद्दा हालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
शिक्षक ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागसहित विशेष अदालत, आरोपपत्र दायर गरिएको छ ।