हिरासत छुटलाई दिन्छु भन्दै घुस लिने असईविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक (असई) बाबुलाल लामासमेत ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
चोरी कसुरसम्बन्धी अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाई दिन्छु भनेर घुस लिने प्रहरी सहायक निरीक्षक लामा, सुरेन्द्र मण्डल, गगनदेव महरा र अशोक दास तथा रवीन्द्र प्रजाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दास, महरा र मण्डलले रुवेश महरा थुनामा रहेको व्यक्ति छुटाउने प्रहरी सहायक निरीक्षक लामासमेतका लागि रविन्द्र प्रजामार्फत् २ लाख घुस लिएका थिए।
उनीहरु पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो।