जसले हल्लाउँदै छन् नेपाल आइडलको मञ्च

जसले हल्लाउँदै छन् नेपाल आइडलको मञ्च

काठमाडौं : नेपालमा पहिलो पटक फेन्चाइज रियालिटी सो भित्र्याउने श्रेय नेपाल आइडललाई जान्छ। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा सञ्चालित एपी वान एच डीबाट हरेक हप्ता बिहीबार र शुक्रबार नेपाल आइडल- ३ प्रसारण भइरहेको छ। नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने लोकेश वज्राचार्य र एलन श्रेष्ठ यसका निर्देशक रहेका छन्।

नेपाल आइडलका दुईवटा सिजन सफलतापूर्वक सम्पन्न भएपछि सुरु भएको सिजन थ्रीबाट उत्कृष्ट पाँचको छनोट भइसकेको छ। आफूलाई विजेता बनाउन यी प्रतिस्पर्धी अहिले कम्मर कसेर लागेका छन्। नजिकबाट चिनौं नेपाल आइडल- ३ का उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई।

सज्जा चौलागाईं

मोरङ पथरीकी सज्जा चौलागार्इं नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन्। नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो। उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ।

काठमाडौंको जोरपाटीकी सज्जा स्कुल पढ्ने बेलादेखि नै गीत गाउने गर्थिन्। कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।

ठमेल दरबारमार्ग तथा कमलपोखरी एरियामा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन्। उनीहरूको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। कलेज पढ्दै, लाइभ गीत गाउँदै यनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो। तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।

प्हिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रुपैयाँ थियो। उनका आमाबुवाले गाउनका लागि सधैं सहयोग गर्छन्। ब्याचलर्सकी विद्यार्थी सज्जालाई नेपाल आइडल सिजन- ३ को अडिसन खुल्दै गर्दा उनी यता तानिइन्।

सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो। गायनमै अगाडि बढ्छु भन्ने थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई। गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन्। हरेक प्रतियोगी एकसे एक भएकाले आफू नै विजेता बन्नेमा ढुक्क भने छैनन् उनी। ‘टप फाइभमा पुग्नु पनि ठुलो उपलब्धि हो’ उनले सुनाइन्।

प्रवीण बेडुवाल

बर्दिया राजापुरका प्रवीण नेपाल आइडल सिजन- ३ का अब्बल प्रतियोगी हुन्। कार्यक्रममा उनको स्वर र प्रस्तुतिले निर्णायक तथा दर्शकको मन जितेको छ। शास्त्रीय संगीतका विद्यार्थी बेडुवाल जब नेपाल आइडलको स्टेजमा उत्रन्छन् उनी आफूलाई नै बिर्सन्छन्। गायन अवधिभर गीतमै डुब्छन्। हरेक इपिसोडमा अब्बल गाउने प्रवीण शान्त स्वभावका छन्।

उनी भारतको तमिलनाडुमा हुर्किएका हुन्। इन्डियन आर्मीमा आबद्ध उनका बुवाले गायनका लागि उनलाई कहिल्यै सहयोग गरेनन्। उनले बुवाले प्रवीण पनि आर्मीमै जागिर खाओस् भन्ने सोच्थे। बुवाले भनेपछि कसैले पनि नाइँ भन्न सक्दैनथे। प्रवीण गाउन नछाड्ने, उनका बुवाले गीत गाएको सुन्न नसक्ने। बुवाले एकदिन प्रवीण सामु एउटा प्रस्ताव राखे। ‘प्रवीण कि गाउन छाडिदे कि घर छाडिदे ? प्रवीणले घर नै छाडिदिए। त्यसपछि हजुरआमासँग बसे।

उनका हजुरबुवा सानोमै भारत पसेका थिए। उतै व्यापार गरे। छोराछोरी उतै हुर्काए। तर पनि उनलाई भनिरहन्थे, ‘यो हाम्रो ठाउँ होइन है। नेपालमै फर्कनुपर्छ, केही गर्नुपर्छ।’ नेपालमै सरकारी जागिर खानुपर्छ भन्ने सोच थियो। हजुरबुवा आफ्नै देशमा काम गर्न उक्साउँथे। यसैले पनि प्रवीणमा नेपालमै केही गनुपर्छ भन्ने भावना जागेको थियो।

प्रयाग संगीत विश्वविद्यालय इलाहाबादबाट शास्त्रीय संगीतमा उनले ब्याचलर्स गरेका छन्। संगीतलाई अगाडि बढाउने भन्दै उनी नेपाल पनि आएका थिए तर यहाँको वातावरण राम्रो लागेन उनलाई। उनी तमिलनाडु नै फर्किए। त्यहाँ गएपछि पनि उनी गीतसंगीतमै निरन्तर लागिरहे। उनलाई परिपक्व गायक बन्नु थियो।

नेपाल आइडल सिजन- ३ को अडिसन चलिरहेको थियो। बुटवल अडिसन हुँदा उनी चितवनमा थिए। नेपाली गीतसंगीत सुनेर हुर्किएका प्रवीण नेपाली भाषाका गीत पनि उत्तिकै राम्रो गाउँथे। उनका नेपाली साथीले नेपाल आइडलमा जाने सल्लाह दिए। उनी पहिलो टेकमै छनोट भए। काँचो फलफूल बजारमा लग्यो भने कसैले किन्दैन भन्ने विचार राख्ने प्रवीण परिपक्व बनेर मात्रै संगीतमा आउनपर्छ भन्ने सोच राख्थे। यसैले पनि निकै मेहनत गरिरहेका छन्। त्यसैले त उनका हरेक प्रस्तुति अब्बल हुने गर्छ। उनलाई जित्नै पर्छ भन्ने लाग्दैन। नेपाल आइडल एउटा उचित प्लेटफर्म भएकाले यहासम्म पुग्नु नै आफ्ना लागि विशेष उपलब्धि भएको ठान्छन् उनी।

मेघा  श्रेष्ठ

काठमाडौंकी रैथाने हुन्, मेघा श्रेष्ठ। सांगीतिक माहोलमा हुर्किएकी मेघा नेपाल आइडलमा गोल्डेन माइक विजेता हुन्। उनको स्वर र गायकीको चर्चा चलिरहन्छ। अगाडिका सिजनमा पनि आउनुपर्छ भन्ने लागेको थियो तर पढाइले गर्दा उनलाई मिलेन। ब्याचलर्स सकाएर फुडमान्डुमा काम गर्दै थिइन् उनी। यो समय अडिसन चल्यो। उनी बिहान ७ बजे नै उपस्थित थिइन्।

साँझ ६ बजे मात्रै पालो आयो। ढिलो आयो कडा आयो भने झै उनले काठमाडौं अडिसनबाट गोल्डेन माइक जितिन्। परिवारमा सबैले गीत गाउँछन्। उनको दादा मिरोज पनि गीत गाउँछन्। उनी भ्वाइस अफ नेपालको अन्तिमसम्म पुगेका थिए।

उनका दाजुले नै उनलाई संगीतमा ब्याक बोनका रूपमा काम गरे। गीत छान्नदेखि, गीतलाई कसरी न्याय गर्ने, प्रस्तुति कसरी गर्ने हरेक ठाउँमा दाजुले नै सहयोग गर्छन्। सुरिलो स्वरकी धनी मेघाले नेपाल आइडलमा आएपछि आफूले संगीतलाई नजिकबाट चिन्ने मौका पाएको बताइन्।

अडिसनमा मन शीर्षकको गीत गाएर जजको मन जितेकी मेघा आइडलमा हरेक पटक उत्कृष्ट प्रस्तुति दिन्छिन्। हजारौंबाट छनोट भएर टप फाइभसम्म आउन पाउँदा आफैंलाई भाग्यमानी सम्झने मेघा वुमन्स डेमा अभया सुब्बाले आयोजना गर्ने ट्यालेन्ट हवमा पनि सहभागी भएर विजेता बनेकी थिइन्।

केभिन ग्लान्ड तामाङ

चितवनका केभिन पनि नेपाल आइडलमा रुचाइएका प्रतियोगी हुन्। नेपाल आइडलका एक, दुईवटा राउन्ड पार गर्छु पुग्छु भन्ने सोचेका केभिन उत्कृष्ट पाँचमा पुग्नु आफ्ना लागि ठूलै उपलब्धि ठान्छन्। बुटवल, पोखरा र चितवनकै रेस्टुरेन्टमा गाउने गर्थे उनी। उनी अक्टेभ नामक ब्यान्डमा आबद्ध छन् उनी। चारजना मिलेर पाँच वर्षअघि यो ब्यान्ड स्थापना गरेका थिए।

गीत गाउनुलाई काम ठान्ने केभिनले रेस्टुराँमा गाएर आफूलाई माझे। स्लो रक मेलो जनराका गीत गाउन सजिलो ठान्ने केभिनले नेपाल आइडलमा सबैको मन जितेका छन्। विशेषत सेन्टिमेन्टल गीतमा उनको स्वर अब्बल सुनिन्छ।

गीत गाउनकै लागि अवसर खोज्दै हिँडेका केभिन नेपाल आइडलमा आएर अडिए। नेपाल आइडलले ठूलो सर्कलमा आफूलाई चिनाएकोमा उनले खुसी व्यक्त गरे। नेपाल आइडलको यात्रालाई आफ्नो जिन्दगीको टर्निङ पोइन्टका रूपमा बुझेका केभिन फाइनलसम्म पुग्नेमा आशावादी छन्। गायनका लागि बुवाआमाको साथ सहयोग र हौसला पाएको बताउने केभिनले सुरुआतमा केही अठ्यारो पनि भएको अनुभव सुनाए।

नेसन पुन मगर

म्याग्दीका नेसन पुन नेपाल आइडलका एक दाबेदार हुन्। बच्चैदेखि बाजा बजाउने, मादल बजाउने नेसन परिवारका गीत गाउने पहिलो सदस्य हुन्। उनको घरतर्फ, मामाघरतर्फ कोही पनि म्युजिक लाइनमा छैनन्। नयाँ मान्छे भेट्न, नयाँ गीत सुन्नासाथ तुरुन्तै उस्तै गाउनै पथ्र्यो उनलाई। पढ्न पोखरा आए उनी। त्यहाँ आएर जोजिजु म्युजिक सेन्टरमा केही समय गायन सिके।

उनी पाँच वर्षअघि गस्वेल सिंगिङ कम्पिटिसनमा फस्ट रनरअप भएका थिए। पोखरामै बसेर रेस्टुराँमा गाउने, स्टेज कार्यक्रम गर्थे। महसुस ब्यान्ड स्थापना गरेर केही वर्ष यही ब्यान्डमै काम गरे। अहिले भने उनी एम पी फोर ब्यान्डमा आबद्ध छन्। नेपाल आइडलको सिजन २ मा थिएटर राउन्डसम्म पुगेर बाहिरिएका नेसन त्यसपछि अर्को सिजनको तयारी गरेर बसे।

नेपाल आइडलमा होस् या अन्य रियालिटी सोमा जाँदा तयारी गरेर जानुपर्ने बताउने उनी क्षमता भएका तर भुइँमा बस्ने व्यक्तिलाई विश्वसामु पुर्‍याउने जक्सनको रूपमा आइडलको यात्रालाई बुझेका छन्। फाइनलको नजिक आइपुग्दा नेसनलाई ससानो नोटलाई नियालेर सुन्ने, गल्ती नगर्न आफूलाई तयार पार्ने, स्वरसँगै प्रस्तुति र म्यानरमा पनि ख्याल गर्नुपर्ने यो मञ्चले आफूलाई सिकाएको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.