रजिष्ट्रेसन फारम नभरेका विद्यार्थीलाई प्रवेशपत्र उपलब्ध गराइदिने भन्दै घुस
काठमाडौं : एसईईको रजिष्ट्रेसन फारम नभरेकोलाई प्रवेशपत्र उपलब्ध गराइदिने भन्दै विद्यार्थीसँग घुसलिने जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका प्रधानाध्यापक महेन्द्र महतो पक्राउ परेका छन् ।
प्रधानाध्यापक महतोले सेवाग्राहीसँग एसईई परीक्षाको रजिष्ट्रेशन फारम नभरेकोले फारम भरी प्रवेशपत्र दिने भनी २-२ हजार घुस लिएका थिए । घुस लिँदा लिँदै प्रधानाध्यापक महतोलाई अख्तियारले पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । महतोलाई विद्यालय परिसरबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको उनले बताए ।