परीक्षामा चिट समातिएपछि छात्राले गरिन् आत्महत्या
कपिलवस्तु : परीक्षामा चिट समातिएपछि एक छात्राले आत्महत्या गरेकी छन्। शिवराज नगरपालिकास्थित शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १८ वर्षीय छात्रा सीमा विकले सुसाइट नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। सुसाइट नोटमा आफुले चिट चोरेको प्रति आत्मग्लानी गर्दै विद्यालयका प्रधानाध्यापकसँग माफी माग्दै आफुले आत्महत्या गर्ने निर्णयमा पुगेको लेखिएको छ।
मंगलबार सञ्चालित कक्षा ८ को परीक्षामा सीमाबाट चिट बरामद भएपछि परीक्षा निरिक्षकले उनको प्रवेशपत्र र उत्तर पुस्तिका केही समयका लागि खोसेका थिए। आफुले परीक्षा कोठामा अमर्यादित गतिविधी गरेकोप्रति विद्यालयको समेत बदनामी हुने र आफु कसैको सामु मुख देखाउन लायक नभएको भन्दै उनले आत्महत्या गरेको सुसाइट नोटमा लेखिएको छ। सुसाइट नोट २ पेजको छ। जसमा निकै भावुक वाक्यहरु लेखिएका छन्।
शिवराज नगरपालिका-१ उमरी घर भएकी निशाले घर नजिकैको सुरई सामुदायिक वनको जामुनको रुपमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। छात्रा विकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ।