केविनमाथिको भरोसा

केविनमाथिको भरोसा

चितवन : बिहीवार र शुक्रवार पूर्वी चितवनको खैरहनी-८ पर्सास्थित लाहुरे चोकका बासिन्दालाई हतारो हुन्छ। रातीको साढे आठ बज्नु अघि नै सबै भेला हुन्छन्।

भर्खरका पुस्तादेखि बुढापाकासम्मलाई टिभी हेर्ने चटारो हुन्छ। खाना आएपछि चोकमा राखिएको ठूलो पर्दामा प्रोजेक्टरमा टिभी लगाँउछन्। उनीहरुको प्रतिक्षाको केन्द्र हुन्छ, ‘केविन ग्लान’। नेपाल आईडलका प्रतिस्पर्धी केविनको प्रस्तुति हेर्न गाँउले भेला भएर ठूलो पर्दामा नेपाल आइडल हेर्छन। ‘विहीवार आएपछि ढुकढुकी बढेर हेरौं कि नहेरौं झै हुन्छ’, केविनकी हजुरआमा जयसरा पुन भन्छिन, ‘ऊ सुरक्षित भएपछि मात्रै ढुक्क हुन्छौ।’

केविनका बुवा खुमबहादुर ग्लानको दैनिकी हाल ब्यस्त छ। मोटरसाईकलमा केविनको प्रचारका लागि बनाइएको पर्चाको झण्डा राखेर हिंड्छन। छोरालाई नेपाल आईडल बनाउन उनको दौडधुप बढेको छ। प्रचार प्रसार र भोट अपिलका लागि उनी विहानैदेखि कुद्छन। केविनका लागि अभियान सञ्चालन गरेकाहरुसंग सम्पर्क र समन्वय गर्छन्। नेपाल आईडलको अन्तिम पाँचमा पुगेका केविनले सात वर्षको उमेरमा गिटार समातेर बजाउन खोजेको दिन सम्झिन्छन्। छोराको पक्षमा बढेको माहोल देखेर उनी उत्साहित छन्। ‘ टिभी हेर्दै गुन्गुनाउथ्यो, दाईहरुले बजाएको गिटारमा रुचि राख्थ्यो’, उनले भने, ‘उसको रुचि यसैमा भएपछि ब्यस्त नभए विग्रिएला भनेर संगीत प्रशिक्षणतिर धकेलेको थिए। अहिले भगवानको उपहार रहेछ भन्ने लागेको छ।’

केविन नेपाल आईडलमा सहभागी भएपछि उनका फ्यान बढेका छन्। उनका बुवाको फेसबुकमा पनि साथी बढेका छन्। उनलाई विदेशबाट समेत फोन गरेर बधाई दिइरहेका छन्। अहिले सबैले सोधीखोजी गर्छन्। उनले छोरासंगै खासै कुरा नभएको बताउछन्। ‘आइडलमा ब्यस्त भएको कारण डिस्टर्ब होला भनेर खासै कुरा गर्दिन’, खुमबहादुरले भने, ‘छोराप्रतिको मायाको माहोल देख्दा खुसी लाग्छ ’।

केविनको पक्षमा जिल्लामा अभियान सञ्चालन गरिएको छ। चितवनमा रहेका ब्याण्डहरुले मानिसको जमघट हुने क्षेत्रमा केविनको पक्षमा भोट अपिल गरिरहेका छन्। ‘चितवन रक्स’ लगायतले भोट माग्न अभियान सञ्चालन गरिरहेका छन्। त्यस्तै युवाहरुको नारायणी किनार, विभिन्न चोकहरुमा सांगीतिक कार्यक्रम गर्दै भोट मागेका छन्। आमा समूह, टोल सुधार समितिहरु आआफ्नो तहबाट लागेका छन्।

केविनले वीरगञ्जबाट पहिलो अडिसन दिएका हुन्। ‘पहिलो अडिसनमा निर्णायक खुसी भएको देख्दा केही गर्छ, जस्तो लागेको थियो, आईडल बनेको हेर्ने ईच्छा छ’, उनकी आमा विना पुन तामाङले भनिन्, ‘यहाँसम्म आएर उसले पाएको माया नै जीत हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.