पूर्वतयारीप्रति सांसद नै असन्तुष्ट

पूर्वतयारीप्रति सांसद नै असन्तुष्ट

हेटौंडा : बागमती प्रदेशसभाका सदस्यले कोरोना भाइरसको संक्रमण रोक्न प्रदेशको तयारी कमजोर रहेको भन्दै सरकारको आलोचना गरेका छन्। विश्वलाई नै कमजोर बनाएको कोरोना भाइरसको संक्रमण रोक्न प्रदेश सरकारले गरेको पूर्वतयारी फितलो रहेको उनीहरूको भनाइ छ।

सरकारले पूर्वतयारी र सचेतनाको काममा जुट्नुपर्नेमा भ्रम फैल्याउने मात्र काम गरेको कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेलले बताए। ‘हाम्रो सौभाग्य भन्नुपर्छ अहिलेसम्म यो भाइरसको संक्रमण देखिएको छैन, सरकारको तयारी हेर्दा यो भाइरसको संक्रमण भएमा धेरै मान्छेको ज्यान जानसक्छ’, उनले भने, ‘भाइरसको संक्रमण रोकथामको काममा सरकार लाचार देखिन्छ, हामीले सबै शक्ति अब यसको पूर्वतयारी र रोकथाममा लगाउनुपर्छ।’

प्रदेशसभा सदस्य रजनी अग्रवालले प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँग समन्वय गरेर पूर्वतयारीका पर्याप्त काम गर्नुपर्ने बताए। साथै उनले संघीय सरकारले ठूला सभा, सम्मेलन, जमघटजस्ता गतिविधि नगर्न आग्रह गरेकाले यस्तो समयमा प्रदेशसभाको बैठक रोक्नु पनि उपयुक्त नहुुने बताए। प्रदेशसभा सदस्य निमा लामाले सरकारकै कारण कोरोना भाइरसको संक्रण फैलने त्रास बढेको बताए।

‘हामीसँग तत्कालै दुई सयजना कोरोना संक्रमित बिरामीको उपचार गर्ने क्षमता छैन, तर कुरा भने ठूला ठूला गरिरहेका छौं’, उनले भने, ‘एकैपटक एक हजार मान्छे बिरामी भए भने तयारी के हुन्छ, सरकारले यसतर्फ ध्यान दिनुपर्छ।’ तर कोरोना भाइरसको प्रकोप र यसले निम्त्याउन सक्ने विपद्प्रति प्रदेश सरकार गम्भीर रहेको प्रदेश सरकारको दाबी छ। कोरोना भाइरसको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै आवश्यक उपचार सामग्री, अस्पताल र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए।

‘कोरोना भाइरसको जोखिम सम्भावित स्थलमा हेल्प डेस्कको स्थापना गरिएको छ’, बुधबार प्रदेशसभा बैठकमा सदस्यहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यस भाइरसले निम्त्याउन सक्ने जनधनको क्षतिलाई मध्यनजर गरी आपतकालीन स्थितिमा परिचालित गर्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ।’ कोरोना भाइरसको संक्रमण देखे उपचारका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशस्थित अस्पताललाई तयारी अवस्थामा राखिएको पोडेलले बताए।

साथै प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँग सहकार्यमा ४० शैयाको आइसोलेसन वार्ड, कोरोना प्रकोप सम्बन्धमा काम गर्ने आकस्मिक क्याम्प रोक्ने तयारी भइरहेको उनले जानकारी दिए। जोखिम भएका प्रदेश नाकामा स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था गरिने पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.