भूमीमन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।
लिम्पियाधुरा, कालापानी, सुस्ताका साथै हालै कञ्चनपुरमा लगायतका स्थानमा भएकास सीमा समस्याको बारेमा छलफल गर्ने ऐजेन्डा राखेपनि पहिलो बैठक शिष्टाचारको मात्रै हुने भएकाले ती विषय थाती रहेको मन्त्रालय स्रोतले जनाएको छ।
भेटमा मन्त्री अर्यालले नेपाल भारतबीचको सम्बन्ध कूटनीतिकका साथै अन्य सम्बन्ध पनि विशेष रहेको भन्दै सीमा समस्याको बारेमा सांकेतिक जानकारी गराएकी छन्।
भेटमा मन्त्री अर्यालले नेपालभारतबीचमा केही विषयमा लामो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताए।
‘हिजोदेखी थाती रहेका केही विषयहरु छन्। जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्’, मन्त्री अर्यालले उनले भनिन, ‘ती कुराहरु यहाँको कार्यकालमा अगाडी बढ्न सकोस्।’
मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दैगरेर बाँकी कामका जिम्मेवारी समेत राम्रोसँग पुरा गर्ने अपेक्षा पुरा गरेकी छन्।
राजदूत क्वात्राले मन्त्री अर्यालको मन्त्रालयस्तरिय केही काममा दूतावासले सहकार्य गर्न सक्ने बताए। ‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्’, राजदूत क्वात्राले भने, ‘हाम्रो दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन। रहेका विषयहरु आपसमा शान्तिपुर्वक बसेर समाधान गर्न सकिन्छ।’