बलात्कारको घटना सार्वजनिक गर्छु भनेपछि युवतीको हत्या !

बलात्कारको घटना सार्वजनिक गर्छु भनेपछि युवतीको हत्या !

इलाम : इलाम सूर्योदय नगरपालिकाकी १७ वर्षीया आकृती राईलाई स्थानीय एक युवाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।

राईको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ  जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरेर हत्याका आरोपीलाई सार्वजनिक गरेको हो ।

मंगलबार कक्षा ११ को जाँच दिन विद्यालय हिँडेकी आकृतीलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएको इलामका प्रहरी प्रमुख हिरा बहादुर पाण्डेले जानकारी दिए ।

आकृतीको हत्या गरेर माटोमा गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पूर्ण बहादुर राईकी छोरी आकृती स्थानीय ज्योती मावि कक्षा ११ मा अध्यनरत थिइन् ।

मंगलबार बिहान विद्यालयमा परीक्षाहलमा नपुगेपछि खोजतलास सुरु गरिएको थियो । बुधबार दिउँसो अम्लीसो बारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शवलाई थप परिक्षणका लागि बीपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ ।

प्रहरी सामु रोशनले बलत्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतीलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाइ बाँध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको वयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए ।

बुधबार क्षतविक्षत अवस्थामा आकृतीको सव फेला परेको थियो । आमाले अर्कैसँग विवाह गरेपछि बिरामी बाबुको हेरचाह गर्दै बसेकी आकृतीको मृत्युपछि बाबु विछिप्त जस्तै भएको स्थानीय दुर्गा पोखरेल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.