सीमाका हेल्थ डेस्कमा सेना

सीमाका हेल्थ डेस्कमा सेना

भैरहवा : कोरोना भाइरस रोकथामका लागि सीमामा राखिएको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा शुक्रबारदेखि नेपाली सेना खटिएको छ। श्री नम्बर २२ बाहिनी अड्डाअन्तर्गत श्री गरुणदल गण रामनगर ब्यारेक बुटवलबाट दुई जना डेस्कमा खटिएका हुन्। उनीहरूले भारतबाट आएका नागरिकको स्वास्थ परीक्षणमा सघाइरहेका छन्। यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि डेस्कमा सघाउँदै आएको छ।

सर्वसाधरणहरूको स्वास्थ्य परीक्षणको काम पूर्ण रूपमा स्वास्थ्यकर्मीहरू भए पनि उनीहरू पन्छिदा सुरक्षाकर्मी नै डेस्कमा खट्नुपरेको हो। डेस्कमा पर्याप्त स्वास्थ्यकर्मी छैनन्। एक सिफ्टमा तीन जना गरी नगर स्वास्थ्य केन्द्रका तल्लो तहका स्वास्थ्यकर्मीहरू खटिएका छन्। तर, त्यो पर्याप्त छैन। भारतीय क्षेत्रका नाकामा एमबीबीएस तहका चिकित्सक डेस्कमा खटिएका छन्। डेस्कमा सहयोग गर्नका लागि स्थानीय सर्वसाधरण पनि खटिएका छन्।

नाकामा खटिएका जनशक्तिले दैनिक १२ हजारभन्दा बढीको स्वास्थ्य परक्षिण गरिरहेका छन्। स्वास्थ्यकर्मी नै असुरक्षित देखिएका छन्। सुरक्षाको नाममा उनीहरूले मास्क र मेडिकल पञ्जामात्र लगाएका छन्। ‘असुरक्षित भए पनि निर्देशनअनुसार खट्नै पर्‍यो,’ डेस्कमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘सरकारले हाम्रो सुरक्षाका लागि केही (स्वास्थ्य सुरक्षा कवच) पठाउँला भन्ने आशा गर्नेबाहेक के नै गर्न सकिन्छ र ? ’

यता पश्चिमी सीमानाका गड्डाचौकीबाट नेपाल भित्रिनेहरूको स्वास्थ्य परीक्षणका लागि सेनाको स्वास्थ्यकर्मीको टोली खटिएको छ। सेनाले शुक्रबारदेखि गड्डाचौकीस्थित हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणका लागि पाँच जनाको स्वाथ्यकर्मीको टोली खटाएको हो। महेन्द्रनगरमा रहेको श्री नं. २५ बाहिनी अड्डा र सिंह शार्दुल गुल्म भगतपुर ब्यारेकको श्री न.ं २५ फिएको सैनिक स्वाथ्यकर्मीको टोली खटिएको सेनाले जनाएको छ।

सेनाले कोराना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्ला सुरक्षा समितिलगायत विभिन्न निकायसँगको सहकार्यमा काम गर्न तत्पर रहेको श्री नं. २५ बाहिनी अड्डाले जनाएको छ।

श्री नं.२५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शंकरबहादुर पण्डित, प्रमुख सेनानी जीवन कार्की, सिंह शार्दुल गुल्मका गुल्मपति प्रणयजंग मल्ल, बाहिनीका सेनानी गोरख पुजारा र श्री नं. २५ फिएका डा.अल्का मजगैयाले ब्रह्मदेव र गड्डाचौकी सीमानाकाको स्थलगत अवलोकनसमेत गरेका थिए।

संक्रमणको त्रास फैलिएपछि पश्चिमी नाका गड्डाचौकी भएर नेपाल फर्किनेको संख्या बढ्दै गएको छ। रोजगारीका लागि भारत गएका नेपाली घर फर्कन थालेका हुन्। हेल्थ डेस्क गड्डाचौकीका अनुसार नेपाल भित्रिनेको संख्या दैनिक चारदेखि पाँच हजार छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.