त्रासबीच खुल्दै चिया उद्योग

त्रासबीच खुल्दै चिया उद्योग

इलाम : जर्मनको चिया व्यवसायी कम्पनी टी ग्रिसिन्डरका प्रमुख जोनार्थन आउने शनिबार नेपाली चिया खरिदका लागि नेपाल आउने तयारीमा थिए। मंगलबार उनले नेपाल भ्रमण स्थगित गरेको खबर पठाए।

गत वर्ष ३५ हजार किलोभन्दा बढी नेपाली चिया जर्मन लगेका जोनार्थन नेपाली चिया खरिद गर्ने कुरामा पनि मौन छन्। अर्गानिक चिया उत्पादन गरेर जर्मनी बिक्री गर्ने गोर्खा टी स्टेटका प्रोपाइटर उदय चापागाईं कोरोनाको संक्रमणसँगै तेस्रो मुलुकका चिया खरिदकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए। उनले भने, ‘चियामा खतराको घण्टी बज्न सुरु भएको छ।’

कारखाना कर्मचार िकटौती गर्ने अवस्थामा छैनन्। उनले भने, ‘चिया बिक्री भएन भने बैंकको कर्जासहित व्यवभारले चिया उद्यमी र किसानलाई नै डुबाउने अवस्था आउँने संकेत देखिन्छ।’ उनले बिहीबारदेखि चिया प्रशोधन सुरु गर्ने योजना बनाएका छन्।

इलामका अधिकांश चिया कारखानाले चैतको दोस्रो सातादेखि हरियो चिया खरिदको तयारी गरेका छन्। अहिले इलामका चिया कारखानामा मर्मत र सरसफाइमा भइरहेको छ। तर, जिल्लामा रहेका सानाठूला ११० भन्दा बढी कारखानाको चिया कोरोना भाइरसको प्रभावका कारण बिक्री हुने कुरामा चापागाईंजस्तै कारखाना सञ्चालक ढुक्क छैनन्।

सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेल प्रशोधित चिया बिक्री भएन भने किसानको पैसा तिर्ने समस्या कसरी टार्ने भन्ने चिन्तामा छन्। उनी मात्रै हैन। इलामका अरु कारखानको चिन्ता पनी उस्तै रहेको उनी बताउँछन्।

अहिले पनि इलामका चिया कारखानामा पोहोरको चिया एक लाखभन्दा माथी बिक्री हुन बाँकी छ। उनी भन्छन् ‘कोरोनाको प्रभाव लामो भयो भने किसान र उद्यमीको अवस्था तहसनहस हुन्छ।’

केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई नेपालकै ठूला बजारमा समेत चिया बिक्री हुन छोडेको बताउँछन्। उनले तेस्रो मुलुकमा चिया निर्यात ठप्प भएको बताए। चापागाईले सरकारले अर्गानिक चिया उत्पादनमा सरकारले पटक्कै सहयोग नगरेको गुनासो गर्दै अहिलेको अवस्थामा चिया क्षेत्रमा सरकारको सहयोग बढ्नुपर्ने बताए।

चिया खेती सुरु भएको डेढ सय वर्ष पुगे पनि किसान र उत्पादकका एक दर्जनभन्दा बढी समस्या समाधान गर्न सरकारले चासो नदिएको चापागाईको गुनासो छ।

चिया उत्पादन हुने इलाम, झापा, पाँचथर धनकुटामा करिब २६ हजार हेक्टरमा दुई करोड ३१ लाख केजी चिया उत्पादन भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ। बोर्डका अनुसार ४९ लाख किलो अर्थोडक्स र १ करोड ८२ लाख सीटीसी चिया उत्पादन भएको थियो। वार्षिक दुई अर्ब ६८ लाख रुपैयाँभन्दा बढीको चिया निर्यात हुने गरेको सरकारी तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.