लामो दूरी भनेको कति ? विभाग भन्छ, एक सहरदेखि अर्को सहर

लामो दूरी भनेको कति ? विभाग भन्छ, एक सहरदेखि अर्को सहर

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन बन्द गर्न निर्देशन दिएका छन्।  सार्वजनिक सवारीसाधनमा कोरोना संक्रमणको जोखिम हुने भन्दै लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय सरकारले लिएको हो। 

लामो दूरीका सवारीसाधनलाई रोक लागाए पनि सरकारले कति दूरीलाई लामो दूरी मान्ने भन्ने प्रष्ट पारेको छैन। यसले यातायात व्यवसायी र आम सर्वसाधारणमा अन्योल सिर्जना भएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा २५० किमी वा सो भन्दा बढीलाई लामो दूरी भनिएको छ। एक सहरबाट अर्को सहरको यात्रा नहोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीको सम्बोधन आएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तिर्थराज खनालको भनाइ छ। 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले लामो दूरी भनेर २५० किलोमिटर वा सो भन्दा बढीलाई भनेको छ।  मध्यम दूरी एक सय किलोमिटरलाई मानेको छ भने छोटो दूरी भनेर २५ देखि एक सय किलोमिटरसम्मलाई भनेको छ। ऐनमा स्थानीय बाटो भनेर २५ किलोमिटरभन्दा कम दूरीलाई सम्झनुपर्ने उल्लेख गरिएको छ। 

प्रधानमन्त्रीको सम्बोधनलाई प्रष्ट व्यख्या गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठिन समितिको बैठक शनिबार साँझ बस्दैछ। बैठकले कानुनसँग बाझिएको लामो दूरीको अन्योललाई प्रष्ट पार्नेछ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.