चैत १० गतेदेखि सार्वजनिक सवारी चलाउन रोक
काठमाडौं : सरकारले लामो दुरीको सार्वजनिक सवारी साधन चलाउन रोक लगाएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने बताएका हुन्।
चैत १० गतेदेखि केही समयका लागि लामो दुरी चल्ने सवारी साधन नेपालभर रोक लगाउने निर्णय भएको प्रधानमन्त्री ओलीले जानकारी गराएका हुन्। कोरोना भाइरस कोभिड-१९ संक्रमण फैलिन नदिनको् लागि सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो।
त्यस्तै मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ। नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !