चन्द्रपुरले ल्यायो १ अर्ब २१ करोडको बजेट

चन्द्रपुरले ल्यायो १ अर्ब २१ करोडको बजेट
सुन्नुहोस्

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो १७औँ नगरसभा नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। पालिकाले  १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको बजेट ल्याएको उपप्रमुख जयमाला चौधरीले बताइन्।

प्रस्तावित बजेटअनुसार कुल खर्चमध्ये ८५ करोड रुपैयाँ ९७०.५ प्रतिशत चालु खर्चतर्फ विनियोजन गरिएको छ भने ३५ करोड १३ लाख रुपैयाँ ९२९.५ प्रतिशत पूँजीगत तथा विकास निर्माणका कार्यक्रमका लागि छुट्याइएको छ। नगरपालिकाले वार्षिक नगर विकास योजना पुस्तिकामार्फत नीति, योजना तथा कार्यक्रमगत बजेटको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

आगामी वर्षका लागि अनुमान गरिएको कूल आयमध्ये ३० करोड ४० लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी संघीय सरकारबाट राजस्व बाँडफाँड, वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत ७६ करोड ९२ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

प्रदेश सरकारबाट विभिन्न अनुदान तथा सवारी करबापत ४ करोड ४३ लाख ४८ हजार ६ सय ४० रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ भने मालपोत तथा रजिस्ट्रेसन शुल्कबाट १० करोड ४ लाख ८ हजार ३ सय ६० रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै गैरसरकारी संस्था छायाँ नेपाल लगायत अन्य संस्थाबाट ५ करोड ३५ लाख ५० हजार ६ सय ९६ रुपैयाँ सहयोग प्राप्त हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको सञ्चित रकमबाट १ करोड रुपैयाँ समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.