रोहिणी नाकाबाट भारतीय आवागमन बन्द

रोहिणी नाकाबाट भारतीय आवागमन बन्द

भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबारदेखि भारतीय नागरिक आवगमन बन्द गर्ने भएको छ। रोहिणी भारतीय सीमासँग जोडिएको गाउँपालिका हो।

भारतीय नागरिकको अवागमनले गाउँपालिकाको नागरिक उच्च जोखिममा रहेको कारण आवगमन बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए।

गाउँपालिको यो निर्णयसँगै रोहिणी मात्र नभई जोडिएको ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाको नागरिक पनि प्रभावित हुनेछन्। यी तिनवटै गाउँपालिकाका अधिकांश सर्वसाधरण बजार गर्नका लागि सीमावर्ती भारतीय बजार भगवानपुरमा जाने गर्छन्। भगवानपुर नाकाबाट सर्वसाधरणहरु बढी आवतजावत हुन्छ। 

विगत १५ दिन देखी सीमा नाकामा हेल्थ डेस्क राखेर नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँच गर्दै आएको गाउँपालिकाले सोमबारखि उक्त क्याम्प गाउँपालिकाकै सदरमुकाम धकधईमा सार्ने अध्यक्ष यादवले बताए।

यादवले अबको दिनमा गाउँपालिकामा पनि उच्च सर्तकता अपनाउने जनाएका छन्। उनले गाउँपालिकामा आउने सेवाग्रही मात्र नभई गाउँपालिकावासीलाई पनि विभिन्न सचेतनामूलक काम गरिने बताए। गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले गाउँपालिकाले सचेतना मूलक कार्यको साथै स्थानीयलाई मास्क वितरण गरिरहेको बताए। 

उनले प्रत्येक पालिकावासीलाई पुग्ने गरी मास्क वितरण भइरहेको बताए। गाउँपालिकाका ५ वटा वडाहरु भारतीय सीमासगँ जोडिएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.