पाइएन एम्बुलेन्स चालक

पाइएन एम्बुलेन्स चालक

ललितपुर : महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले कोरोना त्रासका कारण एम्बुलेन्स चालक नपाएको गुनासो गरेका छन्। उनले भने, ‘कोरोनाका बिरामी देखिएमा ओसारपसार गर्न ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। तर, त्रासका कारण एम्बुलेन्स चालक पाइएन।’

कोरोनाका संक्रमित बिरामी राखेको एम्बुलेन्समा अन्य बिरामीलाई राख्न नमिल्ने भएकाले फरक एम्बुलेन्स चाहिन्छ। तर, भएका ड्राइभरले काम गर्न छाडेकाले अन्य चालकको खोजीमा रहेको श्रेष्ठले बताए।

कोरोनाबाट बच्न के–कस्ता तयारी गर्न सकिन्छ भन्ने विषयमा सुरक्षा निकाय, राजनीतिकर्मी, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायसँग महालक्ष्मी नगरले आइतबार छलफल गरेको थियो। यसै क्रममा त्रासका कारण एम्बुलेन्स चालक नपाएको मेयरले गुनासो गरेका हुन्। उपस्थित सबै निकायका प्रतिनिधिले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

छलफलमा सहभागी किस्ट मेडिकल अस्पतालका डाइरेक्टर सुरज बज्राचार्यले चिकित्सकहरू आफैं त्रसित रहेको बताए। ‘बिरामीको उपचारमा खटिएका चिकित्सकलाई उचित उपकरण उपलब्ध गराउन नसक्दा डराएका छन्’, उनले भने, ‘फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने भएकाले सुरक्षाको सुनिश्चितता गर्नुपर्ने चिकित्सकहरूको माग छ।’ बिरामीसँग प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूत गराउनुपर्ने र त्यसैअनुसार चिकित्सकलाई त्यही परामर्श दिँदै आएको बज्राचार्यले बताए।

उनले अस्पतालमा आएका बिरामीलाई शंका लागेमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइदिन नगरपालिकासँग आग्रह गरे। उनले ६० वर्षभन्दा माथिका दीर्घरोग लागेका बिरामीलाई यतिबेला ओपीडीमा नआउनसेमत सुझाएका छन्।

महालक्ष्मी नगरले आफ्ना सम्पूर्ण वडाबाट निगरानी राख्दै आएको छ। ४५ जना स्वयंसेविकालाई प्रत्येक वडामा परिचालन गरेको छ। महालक्ष्मी नगरभित्रका सिंहरिषी विद्यालय, सिद्धिमंगल विद्यालय, गम्भीर समुद्र सेतु विद्यालय र शुभतारा स्कुलमा क्वारेन्टाइनका लागि ठाउँ मागिएको उनले बताए। ‘शुभतारा स्कुल निकै ठूलो र बस्तीभन्दा टाढा भएकाले क्वारेन्टाइनका लागि उष्कृष्ट छ’, उनले भने, ‘तर उहाँहरूले निर्णय गरिसक्नुभएको छैन।’

अन्य विद्यालय पनि बस्तीभन्दा टाढा र एकान्तमा रहेकाले क्वारेन्टाइनका लागि उचित हुने श्रेष्ठले जनाए। चाहिएको खण्डमा महालक्ष्मी नगरपालिकाभित्रका पार्टी प्यालेसलाई पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.