कपिलवस्तुमा ६ जनालाई क्‍वारेन्टाइनमा राखियो

कपिलवस्तुमा ६ जनालाई क्‍वारेन्टाइनमा राखियो

कपिलवस्तु : कोभिड-१९ कोरोना भाइरसको संक्रमण फैलिएको भारतका विभिन्न स्थान र साउदी अरेवियाबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका ६ जनालाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ। भारतको दिल्लीबाट कपिलवस्तु भित्रिएका दुई छोरीसहित आमालाई तौलिहवास्थित महेन्द्र आधारभूत विद्यालयमा राखिएको छ। कपिलवस्तु नगरपालिका-३ का ४३ वर्षीय इन्दिरा देवकोटा र उनकी दुई छोरीहरु मुना देवकोटा र कविता देवकोटालाई क्वारेन्टाइनमा राखिएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताए।

यसै गरी मुम्बईबाट आएका दुई जना र साउदी अरेवियाबाट आएका एक जनालाई पनि सोही क्वारेन्टाइनमा राखिएको डा. बन्जाडेले बताए। मुम्बईबाट आएका यशोधरा गाउँपालिका-३ का २८ वर्षीय साबुद्दिन खान र यशोधरा गाउँपालिका-७ सोमडीहका कृष्ण गोपाल कलवारलाई क्वारेन्टाइनमा राखिएको छ। साउदी अरेवियाबाट भारतको बाटो हुँदै आएका यशोधरा गाउँपालिका-७ सोमडीहका सत्य राम कलवारलाई पनि थप चेकजाँचका लागि क्वारेन्टाइनमा राखिएको डा. बन्जाडेले बताए। क्वारेन्टाइनमा राखिएका ६ जनालाई केही दिनको निरन्तर चेकअप र स्वास्थ्य अवस्थाको पहिचानपछि घर फर्काउने वा थप प्रक्रिया अघि बढाउने टुंगो लाग्छ, डा. बन्जाडेले भने 'कोरोना भाइरसको संक्रमण भएको स्थानबाट आएकाले निगरानीका लागि राखिएको हो।'

तौलिहवामा रहेका २ जनालाई भने मंगलबार घर फर्काइएको छ। ६ दिनसम्मको निरन्तर चेक अप र स्वास्थ्य परीक्षणबाट उनीहरुमा कोरोना भाइरस संक्रमणको थप लक्षणहरु नभेटिए पछि घर मै स्वक्वारेन्टाइनमा बस्ने गरी रिफर गरिएको डा. बन्जाडेले बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.