भरतपुरको कोरोना अस्पतालमा मृत्यु भएका यादवको रिपोर्ट नेगेटिभ

भरतपुरको कोरोना अस्पतालमा मृत्यु भएका यादवको रिपोर्ट नेगेटिभ

चितवन : भरतपुरको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय सन्तोष यादवलाई कोभिड–१९ भाइरस संक्रमण नभएको पुष्टि भएको छ।   मंगलबार बिहान निधन भएका वीरगञ्ज महानगरपालिका –२२ जगन्नाथ पुरका यादवको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए । 

उनको शव परिवारलाई जिम्मा लगाइएको छ । यादवको मिर्गौलामा हुने रोग ‘लुपस’कारण यादवको मृत्यु भएको अधिकारीले बताए । उनमा ज्वरो र निमोनियाको लक्षण देखिएका उनलाई चितवन मेडिकल कलेजबाट  कोरोनाको आशंकामा कोरोना अस्पताल पठाइएको थियो । 

त्यस्तै मंगलबार नै पठाइएको अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोना अस्पतालले मंगलबार साँझ थप चार जनाको कोभिड–१९ परीक्षणका लागि नमुना  काठमाडौं पठाएको छ । जसमा एक जना अष्ट्रेलिया र एक जना भारतबाट फर्किएका व्यक्ति छन् ।

यसैबीच भरतपुर अस्पतालबाट कोरोनाभाइरस (कोभिड–१९) हालसम्म–१२ जनामा परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा १२ जनाकै रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । 

मंगलबार बिहान पठाईएको ८ जनाको नमुना मंगलबार काठमाडौं पठाइएको छ ।  भरतपुर अस्पतालबाट यसअघि चार जनाको कोरोना परीक्षण गरिएको थियो । भरतपुर अस्पतालमा १९ बेडको आइसोलेसन वार्ड रहेको छ । कोरोनाको शंका लागेका बिरामीलाई राखेर उपचार गरिँदै आइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.