दाङमा कोरोना विशेष अस्पताल , १० करोडको कोष

दाङमा कोरोना विशेष अस्पताल ,  १० करोडको कोष

दाङ : प्रदेश सरकारले दाङमा एक सय बेडको कोरोना विशेष अस्पताल स्थापना गरेको छ । २ करोडको लागतमा तुलसीपुर उपमहानगरपालिका १७ बेलझुण्डीमा नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद अध्ययन संस्थानको शिक्षण अस्पतालको भवनलाई प्रयोग गरेर कोरोना विशेष अस्पताल स्थापना गरिएको हो । 

अस्पताल बुधबार देखिनै सञ्चालन गरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बताए । अस्पतालमा विशेष दरबन्दी सिर्जना गरेर व्यवस्थापन गरिएको उनले बताए । उपचारमा कुनै पनि कमि आउन नदिने गरि व्यवस्था मिलाइको मन्त्री केसीले बताए ।

प्रदेशभरी चार स्थानमा कोरोना विशेष असपताल स्थापना भएको र मन्त्रीको संयोजकत्वमा व्यवस्थापन समिति तयार गरेर अस्पताललाई सञ्चालन गरिने बताए । दाङमा स्थापना गरिएको अस्पताल सुविधा समपन्न भएको भन्दै बिरामी र चिकित्सकको सुरक्षालाई विशेष ध्यान दिइएका उनले बताए । 

मन्त्री केसीले सरकारी तथा निजी अस्पताललाई पनि आइसोलेसन बेडसहितको व्यवस्थापन गरेको र सबै तयारी रहेको बताए । उनले प्रदेशमा ३७ जनालाई आइसोलेसन कक्षमा राखेर उपचार गरिरहेको बताए । 

केसीले विशेष अस्पतापलमा कार्यरत चिकित्सक तथा कर्माचारीलाई दुई प्रतिशत सेवा सुविधा बढाइएको बताए । सुरक्षामा खटिनेका लागि ५० प्रतिशत सुविधा बढाइएको छ ।

अस्पताल सञ्चालनको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा सर्वेश शर्मालाई जिम्मा दिइएको छ । यसैबिच अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि समितिको बैठक समेत सञ्चालन गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक सदस्यमा घोराही उपमहानगरपालिकाका प्रमुख, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, दाङका प्रमुख जिल्ला अधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, आयुर्वेद अध्ययन संस्थान नेपाल संस्कृत विश्वविद्यालय र सदस्य सचिवमा राप्ती प्रादेशिक अस्पतालका प्रमुख रहेको समितिनिर्माण गरिएको छ । 

प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति समेत गठन गरे पछि दाङमा विशेष अस्पताल निर्माण गरिएको हो । 
 
दाङ सहित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि संयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, सदस्यहरुमा बुटवल उपमहानगरपालिका नगरप्रमुख, तिलोत्तमा नगरपालिका नगरप्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख, देवदह मेडिकल कलेजका प्रमुख र सदस्य सचिवमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेण्ट रहेका समिति निर्माण गरेर काम गरिएको छ ।
  
भीम अस्पताल, भैरहवाका लागि संयोजक सामाजिक विकासमन्त्री, सदस्यहरुमा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख, युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेजका प्रमुख र सदस्य सचिवमा भीम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट छन् ।

 त्यस्तै सुशील कोइराला प्रमुख क्यान्सर अस्पताल खजुरा बाँकेका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय संयोजक, सदस्यमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख, बाँकेका प्रमुख जिल्ला अधिकारी, खजुरा गाउँपालिकाका अध्यक्ष, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, क्यान्सर अस्पतालका प्रमुख, नेपाल प्रहरी अस्पताल नेपालगञ्जका प्रमुख, नेपालगञ्ज मेडिकल कलेजका प्रमुख र बाके जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहेका छन् ।

१० करोडको कोष

प्रदेश ५ सरकारले नोवेल कोरोना भाइरस नियन्त्रणका लागि १० करोडको कोष बनाउने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले १० करोड रुपैयाँको कोष बनाउने निर्णय गरेको हो । कोषमा मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब जम्मा गर्नेछन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.