भारतबाट आएका एकजना क्वारेन्टाइनमा, सम्पर्कमा रहेकाको खोजि गरिँदै

भारतबाट आएका एकजना क्वारेन्टाइनमा, सम्पर्कमा रहेकाको खोजि गरिँदै

जुम्ला : जुम्लाको कर्णाली प्रविधिक शिक्षालयमा स्थापना गरिएको क्वारेन्टाइनमा भारतबाट आएका एकजना भर्ना गरिएको छ । दश दिनअघि भारतबाट नेपाल आएका जुम्ला सिंजा गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई सात दिनदेखि ज्वरो आएको र तीन दिनदेखि खोकी लागेको भन्दै बुधबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला आएपछि लक्षण कोरोनासँग मिल्दो भएपछि क्वारेन्टाइनमा राखिएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर मंगल रावलले जानकारी दिए ।

उनी भारतबाट आएपछि कोसँग भेटे, कहाँ गए भन्ने विषयमा खोजि भइरहेको छ। जिल्लाका सबै स्थानमा र गाउँपालिकामा सुरक्षाको सबै प्रबन्ध मिलाइएको छ । यसको खोजिका लागि जिल्ला प्रशासन कार्यालयले पनि सबै स्थानमा जनकारी गरिसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। 

प्रतिष्ठानले अरु सबै व्यवस्था पूर्णरुपमा तयारी गरेपनि बिरामीको रिपोर्टले समस्या हुने देखिन्छ । जुम्ला जस्तो दुर्गाम ठाउँमा परीक्षणका लागि स्वाब पठाउन गारो हुने देखिन्छ । प्रतिष्ठानका मेडिकल डाइरेक्टर रावलका अनुसार जुम्लामा रहेको प्रतिष्ठानमा जुम्ला कालिकोट, मुगु , डोल्पा हुम्ला बाजुरा लगायका दुर्गम जिल्लाबाट बिरामी आउने सम्भावना छ। 

जुम्लालगायत छिमेकी जिल्लामा भारतबाट आउनेको संख्य धेरै छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.