कोरोना महामारी : इटालीपछि स्पेनमा बढी मृत्युदर, चीन तेस्रो स्थानमा

कोरोना महामारी : इटालीपछि स्पेनमा बढी मृत्युदर, चीन तेस्रो स्थानमा

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट इटालीपछि स्पेनमा मर्नेको संख्या बढी देखिएको छ। पहिलोपटक भाइरस पुष्टि भएको चीनको मृत्यु संख्या भने तेस्रो स्थानमा पुगेको छ।

बिहीबार बिहानसम्ममा महामारीका कारण स्पेनमा चीनभन्दा ३६२ बढीले ज्यान गुमाइसकेका छन्। चीनमा ३ हजार २८५ ले ज्यान गुमाउँदा स्पेनमा ३ हजार ६४७ ले ज्यान गुमाएका हुन्। स्पेनमा ४९ हजार ५१५ मा संक्रमण हुँदा उक्त संख्यामा ज्यान गएको हो ।

त्यस्तै इटालीमा ७४ हजार ३८६ मा संक्रमण हुँदा ७ हजार ५०३ ले ज्यान गुमाइसकेका छन्। 

चीनले आफ्नो मुलुकमा महामारी नियन्त्रण गर्न लाग्दा अन्य देशमा भने तीव्र रूपमा फैलिरहेको छ। बुधबार चीनमा भाइरस संक्रमणबाट थप ६ जनाको ज्यान गयो भने ६७ नयाँ संक्रमण पुष्टि भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। राष्ट्रिय स्वास्थ्य आयोग चीनका अनुसार ती सबै संक्रमण अन्य मुलुकबाट आएका यात्रुमा देखिएको हो।

महामारीका कारण विश्वभर २१ हजार २७६ ले ज्यान गुमाइसकेका छन् भने ४ लाख ७० हजार ९७३ मा संक्रमण पुष्टि भइसकेको छ।

धेरै प्रभावित देशको आँकडा
चीन– संक्रमित : ८१,६६७      मृत्यु: ३,२८७   निको: ७३,७७५
इटाली– संक्रमित: ७४,३८६     मृत्यु: ७,५०३  निको: ९,३६२
अमेरिका– संक्रमित: ६८,५७२   मृत्यु: १,०३१   निको: ५९३
स्पेन– संक्रमित: ४९,५१५      मृत्यु: ३,६४७   निको: ५,३६७
जर्मनी– संक्रमित: ३७,३२३     मृत्यु: २०६     निको: ३,५४७
इरान– संक्रमित: २७,०१७      मृत्यु: २,०७७   निको: ९,६२५
फ्रान्स– संक्रमित: २५,६००    मृत्यु: १,३३३   निको: ३,९०७
बेलायत– संक्रमित: ९,६४०     मृत्यु: ४६६    निको: १४०
द. कोरिया– संक्रमित: ९,१३७   मृत्यु: १२६    निको: ३,७३०
भारत– संक्रमित: ६५७      मृत्यु: १२      निको: ४३
नेपाल– संक्रमित: ३        मृत्यु: ०      निको: १ 
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.