ललितपुरका प्रत्येक अस्पतालमा आवश्यक तयारी

ललितपुरका प्रत्येक अस्पतालमा आवश्यक तयारी

ललितपुर  :  ललितपुरका प्रत्येक अस्पतालले कोभिड-१९ को उपचारका लागि आ-आफ्नो क्षमता अनुसारको आइसोलेसन र आईसीयू कक्ष तयार गरेका छन्। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार सबै अस्पतालले कोरोनाका बिरामी देखिए उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए।

गेलालका अनुसार  पाटन अस्पतालमा ६ वटा आइसोलेसन वेड छन्। महालक्ष्मीस्थानमा रहेको गणेशमानसिंह अस्पतालमा ५० आइसोलेसन  र पाँच आईसीयू तयारी अवस्थामा छन्। धापाखेलको सुमेरु अस्पतालले दसवटा आइसोलेसन तयार गरेको छ। गोदावरी नगरपालिकामा रहेको आनन्दवन अस्पतालमा दुई र बज्रबाराही अस्पतालमा दस आइसोलेसन वेड रहेको गेलाले जानकारी दिए।

 महालक्ष्मी  नगरपालिकाको किस्ट अस्पतालमा ६० आइसोलेसन वेड र २० आईसीयू तयारी रहेको छ। नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले स्कुलहरुमा  क्वारेन्टाइन बनाउन सकिए पनि सम्पूर्ण सामानको जोहो गर्न समस्या परेको बताए। उनले महामारीसँग लड्न हाललाई नगरले एक करोड रुपैयाँ छुट्याएको जानकार दिए। बिरामीका लागि चाहिने सरसामान अभाव छ।

 उनका अनुसार किस्ट अस्पतालले बिरामीका लागि चाहिने डाइलसिस मेसिन फिर्ता गर्ने गरी माग गरेको छ। श्रेष्ठले भने 'पीपीइ इक्युप्मेन्ट (भाइरस नसर्ने ड्रेस) को खाचो छ किस्टमा।' भैंसेपाटीमा रहेको मेडीसीटी अस्पतालले पनि आवश्यकता अनुसारको आइसोलेसन बेड तयार गरेको जानकारी दिएको छ।

 मेडीसीटी अस्पतालका महाप्रबन्धक विजय रिमालका अनुसार मेडीसीटीले सरकारको निर्देशनमा रहेर सम्पूर्ण तयारी गरेको छ। हाल केही बिरामी आइसोलेसनमा बसिरहेको उनले जानकारी दिए। रिमालले भने 'मेडीसीटीले सर्बत्र अभाव  भइरहेको पीपीई इक्युप्मेन्ट तथा सेनिटाइजर आफैँ बनाइरहेको छ।'  स्वास्थ प्रमुख  गेलालले सबैतिर पीपीई एक्युप्मेन्ट नपाइएको बताए। उनले भने 'संसारभरी धेरै माग छ। विश्व स्वास्थ  संगठनले थोरै उत्पादन गर्छ।'  यस्ता आवश्यक सामग्रीको पूर्ती गर्न सरकारसँग समन्वय गरिरहेका छौँ  । हाल सबै स्थानीय तहलाई  विदेशबाट आउनेहरुको विवरण माग गरेको गेलालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.