प्लास्टिकको कवज

प्लास्टिकको कवज

डोल्पा : कोरोनाको संक्रमणबाट बच्न तथा बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउनुपर्ने पीपीइ उपकरण नहुँदा डोल्पाका स्वास्थ्यकर्मीले प्लास्टिकका कवज लगाउन थालेका छन्। स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण समयमा उपलब्ध नगराउँदा जिल्ला अस्पताल डोल्पामा कार्यरत स्वास्थ्यर्मीले आफ्नो सुरक्षाका लागि प्लास्टिकका कपडा बनाएर लगाउन थालेका हुन्।

यहाँ कार्यरत स्वास्थ्यकर्मीले आफै निर्माण गरेर प्लास्टिकका कवज प्रयोगमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले बताइन्। स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) नहुदाँ त्यसैको नमुनाअनुसार जिल्ला प्रशासनमा पठाएको नमुना प्लास्टिकको कपडा नेपाल आर्मीलाई सिलाउन लगाएको उनले बताइन। पहिलो चरणमा जिल्ला अस्पतालका डाक्टरहरूले पाँच थान प्लास्टिकका कपडा बनाएर प्रयोग गरेका हुन््।

जिल्ला अस्पतालका प्रमुख डाक्टर सिजन रावलले आपतकालीन समयमा आफू सुरक्षित हुन प्लास्टिकका कपडा बनाउन बाध्य भएको बताए। ‘यतिसम्म भए पनि केही सुरक्षित महशुस हुनेछ। सरकारले पीपीइ उपलब्ध गराउन्जेल प्लास्टिककै उपकरण प्रयोग गर्ने तयारीमा छौ,’ उनले भने, ‘अस्पतालमा बिरामीको चाप बढ्दै छ। औषधि र जनशक्तिको पनि अभाव छ। विद्युतको समस्याले झन् दुःख दिएको छ।’

व्यक्तिगत सुरक्षाका लागि प्लास्टिकका कवज कम्तिमा पनि १५ देखि २० थानसम्म निर्माण गरेर अस्पताल, आइसोलेसन कक्ष र क्वारेन्टाइनमा खटिने सबै स्वास्थ्यकर्मीलाई वितरण गर्ने तयारी भएको उनले बताए।

स्वाब परीक्षणमा कठिनाइ

कोरोना संक्रमणको शंकास्पदहरूको स्वाब परीक्षण गर्न बर्दिया अस्पतालमा समस्या परेको छ। अस्पतालमा कोरोना परीक्षण गर्न उपयुक्त प्रयोगशालालगायत स्वाब संकलनका लागि भीटीएम किट उपलब्ध नहुँदा स्वाब परीक्षणमा समस्या उत्पन्न भएको हो।

जिल्लामा प्रयोगशाला अभावमा कोरोना परीक्षण गर्ने प्रयोगशाला छैन। शंकास्पदको स्वाब परीक्षणका लागि काठमाडौं पठाउन पनि समस्या छ। ‘हाम्रो प्रयोगशालामा भाइल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट छैन। किट अभावमा स्वाब संकलन गर्न समस्या छ,’ जिल्ला अस्पताल बर्दियाका प्रमुख डा. सुभाष पाण्डेयले भने, ‘शंकास्पद बिरामीको ¥याल, खकार, रगतलगायत नाकको तरल पदार्थ संकलन गरी परीक्षण गर्नुपर्ने हुन्छ। किट उपलब्ध नहुँदा स्वाब संकलन गर्ने कामसमेत हुन सकेको छैन।’

उनले २ जना शंकास्पद व्यक्तिलाई आइसोलेसनमा राखेको बताए। ‘बर्दिया अस्पतालमा २ जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखी उपचार ग¥यौं। तर उनीहरूको कोरोना संक्रमणको ल्याब परीक्षण असम्भव भयो,’ उनले भने, ‘एक जनालाई ज्वरोको उपचारकै भरमा निको भएपछि डिस्चार्ज ग¥यौं। अर्का शंकास्पद अझै उपचारमै हुनुहुन्छ।’ भारतबाट आएका ७ जना नेपालीमध्ये एक जनालाई ज्वरो आएको पाएपछि उनलाई बर्दिया अस्पतालको आइसोलेसनमा राखी उपचार सुरु गरिएको छ।

बाँकी ६ जनालाई बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ। अस्पतालले नियमित उपचाररतलगायत अन्य सामान्य बिरामीलाई घरमै औषधि सेवन गर्न र आराम गर्न आग्रह गर्दै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गरिएको डा. पाण्डेले बताए। क्लिनिकमा सिकिस्त ज्वरो र रुघाखोकीका बिरामीको लागि उपचार सुरु गरिएको छ।

क्लिनिक सञ्चालनसँगै बर्दिया अस्पतालमा चिकित्सकले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रयोग गरी बिरामी जाँच गर्न थालेका छन्। छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बर्दिया अस्पतालमा शंकास्पद बिरामीको चाप बढेको डा.पाण्डेले प्रष्ट्याए। अरू बेला अस्पतालको बहिरंग सेवामा दैनिक २ सय जति बिरामी उपचारका लागि आउँथे। कोरोनाको त्रास बढेपछि दैनिक २ सय ८० भन्दा बढी उपचारका लागि आउन थालेका छन्। बिरामीको चाप बढेपछि अस्पताल परिसरमा पाल टागेर स्वास्थ्य परीक्षण गर्न थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.