'आपतकालीन अवस्थाबाहेक अस्पताल नआउनू'

'आपतकालीन अवस्थाबाहेक अस्पताल नआउनू'

जाजरकोट : स्वास्थ्य सेवा कार्यालय जाजरकोटले आपतकालिन अवस्था बाहेक अस्पताल नआउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य सेवा कार्यालय मातहतमा रहेको जाजरकोट अस्पतालमा आपतकालिन अवस्था बाहेक नआउन कार्यालयले अनुरोध गरेको हो ।

'बिरामी आउने ठाउँ पनि अस्पताल भएकाले कोरोना भाइरस पनि अस्पतालमै हुने र फैलने ठाउँ पनि अस्पताल नै हुन्छ । आपतकालीन अवस्था बाहेक अहिलेको अवस्थामा अस्पताल आउनु उचित होइन,' स्वास्थ्य सेवा कार्यालयले निकालेको सार्वजनिक सूचनामा भनिएको छ ।

'प्रेसर, दम, सुगर जस्ता दीर्घ रोग भएका र हाल औषधि सेवन गरिरहेका बिरामी फलोअप आउनुको साटो हाल प्रयोग गरिरहेको औषधि सेवन गरिरहनु उचित हुन्छ,' कार्यालय प्रमुख टीकाराम जैसीले भने, 'दाँत, मुख, गिजामा सामान्य समस्या भएकाहरु पनि यतिबेला अस्पताल नआउनु उचित हुन्छ । सामान्य रुघाखोकी लागेपनि घरमै बसेर उपचार गुर्न उचित हुन्छ ।'

जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका सामग्री हालसम्म उपलब्ध हुने सकेको छैन । स्वास्थ्यकर्मीले लगाउने गाउन, ग्लोब्स्, क्याप, मास्क, बुट, हेन्ड सेनेटाईजर लगायतका व्यक्तिगत सुरक्षाका सामग्री नहुँदा आफूहरु नै असुरक्षित रहेको गुनासो गरेका छन् ।

६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको जिल्ला अस्पतालमा १८ जना मात्र कार्यरत छन् । अस्पताल करार र छात्रवृत्ती का चिकित्सकको भरमा चलिरहेको छ । अस्पतालमा ३० बेडको क्वारेन्टाइन स्थापना गरिएको भएपनि त्यहाँ जनशक्ति, उपकरण र औषधिको अभाव देखिएको छ । स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक साम्रगी उपलब्ध गराइ दिन स्वास्थ्य मन्त्रालयमा आग्रह गरेपनि हालसम्म प्राप्त नहुँदा समस्या भएको प्रजिअ पन्तको भनाइ छ । 

सरकारले लक डाउनको घोषणा गरेपनि जाजरकोटमा आंशिक रुपमा मात्र लागू भएको छ । सदरमुकाममा प्रहरीले मानिसलाई घर बाहिर निस्कन दिएको छैन। तर, ग्रामिण भेगमा भने लक डाउनको कुनै प्रभाव परेको छैन । मानिस दैनिक कामकाज र गतिविधि निर्वाध संचालन गरिहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.