अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक

अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक

परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-३ का स्थानीयले अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाएका छन्। कोभिड-१९ कोरोना संक्रमणबाट सुरक्षित रहन स्थानीय तह र सुरक्षाकर्मीहरुले माइकिङ गरे पनि आवतजावतमा कमि नआएपछि स्थानीयले गाउँ प्रवेश गर्ने मुख्य नाकामा सडक नै अवरुद्ध गरेर प्रवेशमा रोक लगाएका हुन्।

गाउँपालिका भारतको बिहार प्रदेशसँग सिमाना जोडिएको छ। भारतबाट आवतजावत हुने भन्दै स्थानीयले रेवारेता गाउँको मुख्य नाका र अन्य नाकामा बाँस तेर्साएर अपरिचित व्यक्तिलाई प्रवेश निषेध भन्दै सूचना टाँस गरेका छन्।‘ सार्वजनिक सूचना र सम्झाउँदासमेत आवतजावत रोकिएन त्यसैले बाध्य भएर बाटोमा बाँस र रुख तेर्साएर निगरानी गर्नु परेको हो’ स्थानीय नारायण भण्डारीले भने। बुधबारदेखि अपरिचित व्यक्तिसँगै मोटरसाइकल र ट्याक्टरबाट आउजाउ बढेपछि सडक अवरुद्ध गर्नु परेको उनले बताए। अपरिचित व्यक्ति देख्ने बित्तिकै गाउँलेले सोधखोज गर्ने गरेका छन्। नचिनेकालाई जताबाट आएको हो। उतै फर्काउने गरिएको छ। ‘सीमासँग नाका जोडिएकाले पनि गाउँलेले पालो मिलाएर निगरानी कार्यलाई कडा पारिएको’ भण्डारीले भने। उनीहरुले अत्यावश्यक कामबाहेक अर्को गाउँबाट आउने स्थानीयलाई पनि आउन दिएका छैनन्। 
‘बाहिरबाट आउने रेवारेता गाउँबासीबाहेकलाई रोक लगाइएको छ। आफू पनि बाँचौ र अरुलाई पनि बाँच्न दिउँ। यसको उल्लंघन गर्नेलाई सामाजिक कारबाही गरिने छ।’ भन्ने सूचना टाँस गरेर सडक अवरुद्ध गरिएको छ।

अटेरी गर्ने र बिरामीजस्तो देखिएमा प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा परीक्षणका लागि हेल्थ डेस्क पठाउने गरिएको स्थानीयले बताएका छन्।‘ सरकारले  हिडडुल गर्न रोक लगाएको छ। हाम्रै स्वास्थ्यलाई ख्याल गरेर सरकारले रोक लगाएको हो। स्वास्थ्य सुरक्षाका लागि हामीले पनि आफ्नो स्तरबाट निगरानी गर्नु आवश्यक छ’ भण्डारीले भने। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.