बोस्नियाबाट फर्किएकी युवती क्यारेन्टाइनमा
ललितपुर : गोदावरी नगरपालिकाको बज्रबाराही अस्पतालमा १८ वार्षिया युवतीलाई क्यारेन्टाइनमा राखिएको छ । स्वास्थ कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार उनी चैत २ गते बोस्नियाबाट नेपाल आएकी हुन् ।
इटाली नजिकैको देश भएको र संक्रमण हुन सक्ने भएकाले उनी आफैँ आइसोलेसनमा बसेकी थिइन् । तर हिजोदेखि रुघाखोकी लागेकाले उनलाई अस्पतालमा क्वारेन्टाइनमा राखीएको गेलालले जनाए ।
'हिजी खोकी लागेको भए पनि आज उनको खोकी छैन', उनले भने, 'अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला बानेश्वरको टीम युवतीको अवस्था बुझ्न जाँदै छ ।' उनलाई हाल क्वारेन्टाइनमै राखेर हेर्ने उनले बताए ।
केही दिन पहिला एक जना बच्चालाई पनि कोरोनाको आशंकामा कान्ति बाल अस्पताल पठाइएको उनले जानकारी दिए । ती बच्चा विदेशबाट आएका व्यक्तीको सम्पर्कमा रहेका थिए ।