कोरोना त्रास : गाउँगाउँमा आवतजावत नरोकिएपछि सडकमा बार

कोरोना त्रास : गाउँगाउँमा आवतजावत नरोकिएपछि सडकमा बार

सिरहा : सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको जोखिमबाट बच्न गत मंगलबारदेखि देशभर ‘लकडाउन’ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले घरमै बस्न आह्वान गरेका छन्। ठाउँठाउँमा स्थानीय प्रशासनले लकडाउन अवज्ञा गर्नेलाई कारबाहीसमेत गरिरहेको छ। 

यसरी राज्यको अनुरोधलाई अस्वीकार गर्नेलाई  भने सिरहाका केही गाउँका स्थानीयले सडकमा बार लगाएर रोक्न थालेका छन्। 

गोलबजार नगरपालिका-२ गुरुधाम, सखुवानन्कारकटी गाउँपालिका-२ जगतपुर र लहान नगरपालिका-१६ तरेगना गाउँमा स्थानीयले सडकमा बार लगाएका हुन। गाउँमा आवागमन नरोकिएपछि बार लगाएको स्थानीयले बताए। बार लगाएपछि सवारी साधनबाट ओहोरदोहोर रोकिएको छ। 

सिरहामा छैन आइसोलेसन 
उपकरण अभावले सिरहामा अझै आइसोलेसन वार्ड स्थापना हुन सकेको छैन्। सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंका अनुसार आइसोलेसन वार्ड स्थापनाका लागि भेन्टिलेटर अनिवार्य हो। त्यो सिरहामा अभाव छ। यसबाहेक स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इकुमेन्ट(पीपीई) पनि उपल्बध नभएको उनले सुनाए। 

बिहीबार साँझसम्म पीपीई प्राप्त हुने प्रजिअ गुरागाईंको भनाइ छ। सिरहामा अहिले विदेशबाट आएकालाई स्थानीय स्तरमा क्वारेन्टाइन बनाएर राख्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. कृष्णदेव यादवले बताए।   
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.